वेवारिसे सडक मानवको सेवामा जुटदै वालिङ जेसिज

प्रकाशित मिति:

स्याङ्जा -वालिङ जेसिजको सक्रिएतामा स्याङजा जिल्लाको प्रमुख व्यापारिक केन्द्र तथा सिद्धार्थ राजमार्गमा रहेका वेवारिसे सडक मानवहरुलाई पोखराको मानव सेवा आश्रममा पठाइएको छ ।

मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने महान उदेश्य बोकेर १८ देखी ४० बर्ष उमेर समुहका युवाहरुको संस्था बनेको जेसिजले सडकमा अभिभावक विहिन बनेका वेवारिसे मानवहरुको सहयोर्गार्थ वालिङ नगरपालिका ,वडा प्रहरी कार्यलय वालिङ र मानव सेवा आश्रम पोखराको सयुक्त पहलमा सडक मानवलाई आश्रममा लगेको हो । ७ जना लगेका छौँ ,आगामी दिनहरुमा पनि यस्ता कार्यहरु समाजमा गरिरहने वालिङ जेसिजका अध्यक्ष राजु तिवारीले बताउनु भयो ।