पठन संस्कृतिको बिकाशका लागि

प्रकाशित मिति:

बुटवल/  बुटवलमा पठन र विमर्श संस्कृतिको विकास र प्रवर्द्वनका लागि चौतारी रिडर्स क्लबको गठन भएको छ । शनिबार चियाचौतारी बुक क्याफेमा बुटवलका उर्जाशील युवाहरूको भेलामार्फत उक्त क्लब गठन गरिएको हो। क्लवको अन्तरिम संरचना निर्माण गर्दै ७ सदस्यीय अन्तरिम कार्यकारी समिति निर्माण भएको छ । जसलाई कुल प्रसाद शर्माले संयोजन गरेका छन् ।