नीजि क्षेत्रलाई आतङ्कित नवनाउन आग्रह ,व्यवसायीको संरक्षण स्थानीय सरकारले गर्छ : उपप्रमुख तिवारी

प्रकाशित मिति:

श्रीकृष्ण सिग्देल – स्याङ्जा—३० चैत्र  – वालिङ उद्योग वाणिज्य संघले आयोजना गरेको नयाँ बर्ष २०७६ को पावन अवसरका शुभकामना आदनप्रदान तथा भित्ते पात्रो विमोचन कार्यक्रममा बोल्ने बक्ताहरुले नीजि क्षेत्रलाई आतङ्कित नवनाउन आग्रह गरेका छन् । हरेक राजनीतिकदल देखि विभिन्न समुहबाट चन्दा आतङ्क देखि लुटपाट जस्ता घट्ना उद्योगी व्यवसायीले भोग्नु परेको पिडाको उल्लेख गर्दै बक्ताहरुले नीजि क्षेत्रलाई आर्थिक समृद्धिमा बलियो बनाउन आग्रह गर्दै आतङ्कित नवाउन जोड दिएका हुन् । प्रजातन्त्र देखि लोकतान्त्रिक गणतन्त्र सम्म आईपुग्दा पनि उद्योगी व्यवसायी सुरक्षित हुन नसक्नु दुखद भएको उनीहरुको भनाई थियो ।

मुलुकको आर्थिक मेरुदण्डको रुपमा रहेको नीजि क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण नै फरक भएकाले पनि उद्योगी व्यवसायीमा निरासा छाएको बक्ताहरुले बताए ।   वालिङका उद्योगी व्यवसायीको संरक्षण स्थानीय सरकारले गर्छ वालिङ नगरपालिका उपप्रमुख कल्पना तिवारीले भनिन्,“तपाईहरु ढुक्क हुनुहोस र ढुक्क सगँ व्यवसाय संचालन गर्नुहोस । नीजि क्षेत्र र स्थानीय सरकार मिलेर नै वालिङको विकासले फड्को मार्ने उपप्रमुख तिवारीको भनाई थियो । वालिङमा व्यवस्थित पशु बधशाला, तरकारी मण्डी र पार्किङ्को समस्या रहेकाले वालिङ उद्योग वाणिज्य संघ र नगरपालिका मिलेर यसको समस्यका लागि हातेमालो गरेर अगाडी बढ्नु पर्ने आवश्यकता रहेको तिवारीले बताईन् । व्यवसायीलाई त्रासको वातावरण देखाएर कुनैपनि समुहले चन्दा आतङ्क नमच्चााउन पनि संम्वन्धीत निकायलाई उपप्रमुख तिवारीको आग्रह छ । २०७६ सालले सबै नगरवासीमा सकरात्मक सोचको विकास होस भन्ने शुभकामना दिदै उपप्रमुख तिवारीले उद्योगी व्यवसायीको हकहितका लागि संघले महत्वपुर्ण भुमिका खेल्न उत्प्रेणा जागोस ।

सातौ वालिङ महोत्सव सफलता सगँ सम्पन्न गरेको वालिङ उद्योग वाणिज्य संघले जहिले पनि उद्योगी व्यवसायी सगै वालिङको सामाजिक, आर्थिक र नैतिक भुमिकामा संघले महत्वपूर्ण भुमिका खेलेको संघका अध्यक्ष शोभाकान्त पौडेलले बताए । व्यवसायीले चन्दा आतङ्कले आक्रान्त पारेको उल्लेख गर्दै सुरक्षित वातावरणमा व्यवसायीले व्यवसाय चलाउन पाउने अधिकारलाई सनिश्चित गर्न सरकार सगँ पौडेलले आग्रह गरे । संघको गरिमालाई उचो राख्न कुनै कसुर बाकी राख्ने छैनौ अध्यक्ष पौडेलले भने,“यहाँका उद्योगी व्यवसायीको साथ र सहयोग विना हामी केही गर्न सक्दैनौ ।” स्थानीय सरकार र वालिङ उद्योग वाणिज्य संघ सगँ रहेको सुमधुर सम्वन्ध यो बर्षगाठमा पनि हुने शुभकामना अध्यक्ष पौडेलको थियो । संघको भौतिक पुर्वाधार, सचिवालय व्यवस्थापन, आर्थिक पार्दशिता र उद्योगी व्यवसायीको प्रवद्धनमा महत्वपूर्ण भुमिका खेलेकै कारण नेपाल उद्योग वाणिज्य महासंघले ५३ औं बार्षिक साधरणसभामा मुलुकभरीका ख वर्गका उद्योग वाणिज्य संघ मध्ये तृतिृय हुन सफल पछिको पुरस्कृत नै संघको गरिमा उचो रहेको पुष्टि हुन्छ पौडेलले भने । शुभकामना आदनप्रदान कार्यक्रममा संघका पुर्व अध्यक्ष कर्णबहादुर श्रेष्ठ, सल्लाहकार केम्वरबहादुर वि.क., भरतप्रसाद वगाले, महासचिव केशरबहादुर खाँण, कोषाध्यक्ष तार श्रेष्ठ, सदस्यहरु सालबहादुर राना र कमल वगाले लगायतका बक्ताहरुले नीजि क्षेत्रको सुरक्षा चुनौतीमा सरकार लाग्न आग्रह गरेका थिए ।