प्रमाण पुगे शिर्ष नेतालाई पनि कारबाही हुन्छ : धनराज गुरुङ

प्रकाशित मिति:

काठमाडौँ, ३० चैत । नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिका सदस्य धनराज गुरुङले दोषी भएको प्रमाण भए पार्टीका शिर्ष नेताहरुलाई पनि कारबाही गरिने बताउनु भएको छ ।  पद र कदका आधारमा अनुशासन समितिले भेदभाव नगर्ने स्पष्ट पार्दै उहाँले प्रमाण नै कारबाहीको मुख्य आधार हुने जानकारी दिनुभयो । नेपाली काँग्रेस पाल्पा काठमाडौ सम्पर्क समितिद्धारा प्रकाशित विक्रम संवत् २०७६ को भित्तेपात्रोको सार्वजनिकिकरण तथा नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले कसैको मुख हेरेर होईन प्रमाण हेरेर निर्णय गर्ने बताउनु भयो ।  काँग्रेसलाई बलियो बनाउनका लागि दोषी र अन्तरघातीलाई कारबाही गर्दै पर्ने बताउदै उहाँले गल्तीलाई गल्ती भन्न नसक्नेहरुलाई दासको संज्ञा दिनुभयो ।

अनुशासन समिति न्यायीक समिति भएकाले जस्लाई पायो त्यसैलाई अनुशासनको डण्डी नचलाउने स्पष्ट पार्दै नेता गुरुङले भन्नुभयो, “त्यसो भन्दैमा यो समितिले केही गर्न नसक्ने भन्ने पनि होईन । उहाँले पार्टीमा कहिले कहिले समूह बन्नु स्वभाविक प्रक्रिया भएपनि आफ्नो समूहको कमीकमजोरी औल्याउन नसक्ने चाकरीकर्ताहरुकै कारण पार्टी गलत बाढोमा गएको बताउनु भयो ।  प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाज ल्याउने कुरा नेपालको हितका लागि भन्दा पनि भारतको चाहना अनुसार गरेको उहाँको दावी छ ।  नागरिकता सम्वन्धी विधयक राष्ट्रघाती भएको बताउदै उहाँले नागरिकता विधयकको मस्यौदा विदेशीले बनाइदिएको आरोप लगाउनुभयो ।