४० औँ शिक्षक दिवस सम्पन्न

प्रकाशित मिति:

भैरहवा-“गौरवशाली विगत, चुनौतिपूर्ण वर्तमान, गुणस्तरीयका निम्ति शिक्षामा सुशासन” भन्ने मूल नारा सहित ४० औँ शिक्षक दिवस शुक्रबार सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति रुपन्देहीद्वारा आयोजित कार्यक्रम रुपन्देहीको मणिग्राममा उक्त दिवस सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरुको आन्तरिक खुल्ला प्रतिस्पर्धाबाट उत्तीर्ण भई स्थायी नियुक्तिका लागि सिफारिस भएका शिक्षकहरुलाई बधाई तथा सम्मान गरेको थियो ।नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति रुपन्देहीका अध्यक्ष मोतीलाल सुवेदीको अध्यक्षता, राष्ट्रिय कोषाध्यक्ष विष्णु भण्डारीको प्रमुख आतिथ्यता, शिक्षा विकास समन्वय इकाई रुपन्देही प्रमुख दिपेन्द्र ढकाल, केन्द्रिय सल्लाहकार छविलाल नेपाल, सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर ५ का उपसचिव थानेश्वर ज्ञवाली, कृष्ण घिमिरे, छविलाल पाण्डे, डिलुराम तिवारी, रेणुका खरेल, डिल्लीराज भण्डारी लगायतले मन्तव्य राखेको नेपाल राष्ट्रिय शिक्षक संगठन ओमसतिया गाउँपालिका अध्यक्ष कृष्णचन्द्र बस्यालले जानकारी दिनुभयो ।