नयाँ बर्षको अबसरमा प्रधानमन्त्रीले संबोधन गर्ने

प्रकाशित मिति:

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ बर्षको अबसर पारेर वैशाख १ गते० आइतबार राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले बिहान ७ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

नव वर्ष २०७६ सालका अवसरमा प्रधानमन्त्री ओलीले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामनासहित राष्ट्रका नाममा सम्बोधन गर्नलागेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । रासस