विद्यार्थीको तुलनामा शिक्षकको अभाव

प्रकाशित मिति:

रुपन्देहीमा विद्यार्थीको तुलनामा शिक्षक निकै कम रहेको पाइएको छ । शिक्षा विकास तथा समन्वय इकाई भैरहवाले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा ईकाइका प्रमुख दिवाकर भण्डारीले एक शिक्षक बराबर ३० विद्यार्थी हुनुपर्नेमा हाल ६० विद्यार्थी बराबर एक शिक्षक रहेको जानकारी दिए ।

रुपन्देहीमा अहिले १ लाख ९१ हजार ३६ विद्यार्थी रहेका छन भने शिक्षक २ हजार ८ सय ७४ रहेका छन । प्राथमिक तपर्m १ हजार ९ सय २८, निम्न माध्यमिक तर्फ ५ सय १० र माध्यमिक तहतर्फ ४ सय ३६ शिक्षक रहेका छन । त्यसै गरी उच्च मा.वि. तपर्m १ सय ६ र प्रविधिक तर्फ ३६ शिक्षक रहेका छन ।

रुपन्देहीमा प्राविधिक धार सञ्चालन भएका विद्यालय ११, नमुना विद्यालय ६, एनेक्स कार्यक्रम सञ्चालन भएका विद्यालय १, संस्कृत मा.वि. १, गुरुकुल आश्रम ४, मदरसा १ सय १८, सामुदायिक सिकाई केन्द्र ४१, खुला विद्यालय आधारभुत १, माध्यामिक १ तथा प्रौढ विद्यालय आधारभुत १ मा.वि. १ रहेको छ ।

अनौपचारिक शिक्षा तर्फ सामुदायिक अध्ययन केन्द्र ४७ जसमध्ये नविकरण भएका ४१, निरन्तर प्राप्त कक्षा १ सय ७९, कार्यक्रम सञ्चालन १ सय ७९, कुल सहभागी ३ हजार ५ सय ७५ जसमध्ये महिला ३ हजार ४ सय ८६, पुरुष ८९, दलित ७ सय २० र आदिवासी जनजाती १ हजार ६ सय ४४ रहेका छन ।

त्यस्तै यही साउन २३ गते देखि हुने एसईईको ग्रेड वृद्धिको परीक्षामा रुपन्देहीमा ४ हजार बढीले गणित विषयमा ग्रेड वृद्धिको लागी फाराम भरेका छन ।

एसईई परिक्षामा गणित विषयमा प्राप्त भएको ग्रेडप्रति असन्तुष्टि जनाउँदै अहिले सम्म ४ हजार ६८ जनाले फाराम भरेको शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीले जनाएको छ ।