“बलिदान”ले तहल्का पिट्दै युटुबको ट्रेनडिंगमा,सारिकाको अभिनयको तारिफ

प्रकाशित मिति:

सुदिप गौतम,बुटवल काठमाडौँ भन्दा बाहिर गुल्मी जिल्लामा बसेर पनि पछिल्लो समयमा अत्यान्तै सफल श्रजक एबम लोक गायक गणेश अधिकारिको बहु प्रतिछ्या गरिएको गित “बलिदान” सार्बजनिक भएको एकदिन पनि पुरा नहुदै यो समाचार तयार पार्दा सम्म करिब १ लाख ३६ हजार भन्दा धेरै पटक हेरिएको छ। उक्त गित बलिदानलाई दर्शक श्रोताले अत्यान्तै पर्खिएर बसेका थिए।

यो संगै युटुबको ट्रेनडिंगमा ३६ औ स्थानमा प्रवेश गरेको छ।सम्भबत नेपालि लोक दोहोरि गितमा हेलिकोप्टरको प्रयोग भएको यो नै पहिलो गित हो। संगै यो गितकि नायिका सारिका के सी को दमदार अभिनयले सबैको मन छोएको छ। सारिकालाई एउटा गाउले केटि र सहर गएपछिको अवस्थाको बारेमा देखाईएको छ। गितले राम्रो प्रतिक्रिया पाउदा खुसि लागेको सबलपोस्ट लाई प्रतिक्रिया दिदै गायक गणेश अधिकारीले बताएका छन।

योगसाना डिजिटल मार्फत मार्फत बजारमा आएको गितमा लय शब्द स्वर गणेश अधिकारिले गरेका छन भने लोकप्रिय गायिका बिष्णु माझिले गित मा स्वर दिएकि छन। श्रजक गणेशले गरेका एक से एक गितहरु दर्शक श्रोताहरुले मनपराईरहेका छन। उक्त गित बलिदानमा चर्चित मोडल सारिका केसी, बिमल अधिकारि,ओबी रायमाझि रोसनी सापकोटा लगायतका कलाकारले अभिनय गरेका छन। गितलाई छायांकन सुरेस श्रेष्ठले गरेका छन, भने सुजन सहिको सम्पादन रहेको छ। गितमा निर्देशन फरक भिडियो बनाउने निर्देशक कपिल लामाले गरेका छन। गितलाई अत्यान्त मिहेनतका साथ् करिब ५ दिन सम्म गरिएको थियो। गितको अझ धेरै सफलताको शुभकामना सबलपोस्ट अँनलाईनको तर्फ़ बाट शुभकामना हेरौ सोहि भिडियो