नयाँ बर्षको अबसरमा मुख्यमन्त्री पोखरेलको शुभकामना

प्रकाशित मिति:

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नयाँ बर्ष २०७६ को अबसर पारेर शुभकामना व्याक्त गरेका छन् । उनले एक बिज्ञप्ती प्रकाशित गर्दै नयाँवर्षको नयाँ उमंग र उत्साहलाई विकसित र समृद्ध प्रदेश बनाउने अठोट र संकल्पमा बदलौ । समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने राष्ट्रको साझा अभियानमा जुट्न आह्वान गरेका छन् । उनले २०७५ संघियता कार्यान्वयनमा महत्वपुर्ण उपलब्धीको रुपमा बितेको भन्दै आधार बर्षको रुपमा रहेको बताएका छन् । उनले शुभकामना मार्फत सबैलाई समृद्ध प्रदेश निर्माणको अभियानलाई अठोट र संकल्पमा बदल्न आह्वान गरेकाछन् ।