फस्ट भईन प्रधानमन्त्रीकी छोरी

प्रकाशित मिति:

गत बर्ष प्रधानमन्त्री के.पी शर्मा ओलीले अभिभावकत्व ग्रहण गरेकी मुगु किम्रीकी ठिल्लेसाङ्मु लामा ८३ प्रतिशत लिएर कक्षा १ मा प्रथम बनेको खबर आजको कान्तिपुरले छापेको छ । उनको पढाइ सुरुदेखि नै राम्रो देखिएको निमित्त प्रधानाध्यापक चित्रबहादुर ओलीले बताए । उनका अनुसार घरमा लामालाई पढ्ने वातावरण छैन । परिवारमा कोही साक्षर छैनन् । विद्यालयबाहेकको समयमा उनी घरायसी कामकाजमा व्यस्त हुने गरेकी छन् । पानी भर्ने, गाईबस्तु चराउने, वनपाखामा च्याउ टिप्नेलगायत काम गर्छिन् ।
गत बर्ष वैशाख १ गते रारा आएका प्रधानमन्त्री, शिक्षामन्त्री, पर्यटनमन्त्री र कर्णाली प्रदेश मुख्यमन्त्री लगायतले जिल्लाका १७ बालबालिकालाई विद्यालय भर्ना गराएका थिए ।