भूपू सैनिक कपको उपाधिका लागि आयोजक र फूलबारी गाइज भिड्दै

प्रकाशित मिति:

बुटवल- बेलबासको सालघारीमा जारी तेस्रो भूपू सैनिक कप फूटबल प्रतियोगिताको फाइनल आज (आइतबार) हुंदै छ । फाइनलमा फूलबारी गाइज बुटवल र भूपू सैनिक जबई स्पोर्टिङ क्लब भिड्ने भएका छन् ।

भूपू सैनिक जबई स्पोर्टिङ क्लबको आयोजनामा संचालित प्रतियोगिताको फाइनल खेल दिउसो २ बजे शुरु हुने आयोजक क्लबका सहकोषाध्यक्ष प्रेम रानाले जानकारी दिए । प्रतियोगिताको विजेताले एकलाख ७५ हजार ५ सय ५५ र उपविजेताले एक लाख एक हजार एक सय ११ रुपैयां नगद प्राप्त गर्नेछन् ।