दाङमा फेला पर्यो अजिंगर

१६ श्रावण २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया
8 Shares


दाङमा दुर्लभ मानिने अजिंगर फेला परेको छ । दाङ देउखुरीको राजपुर गाउँपालिका कार्यालय नजिकै मंगलवार दिउँसो अंजिगर फेला परेको हो । फेला परेको अजिंगरको लम्वाई नौ हात, गोलाई छ इञ्चको छ । अजिंगरको तौल गर्दा २० किलोको रहेको राजपुर गाउँपालिकाका सूचना अधिकारी शरद रेग्मीले जानकारी दिए । गाउँपालिका कार्यालय नजिकै अजिंगर देखेपछि स्थानीयले गाउँपालिकाका पदाधिकारीलाई खवर गरेको सूचना अधिकारी रेग्मीले बताए ।

त्यसपछि आफुहरुले ईलाका वन कार्यालय राजपुरलाई खबर गरेर अजिंगरलाई सुरक्षित जंगलमा लगेर छोडेको रेग्मीले जानकारी दिए । यसअघि पनि राजजुर गाँपालिकामा एउटा अर्र्को अजिंगर केही महिना अगाडि फेला परेको थियो । मंगलवार फेला परेको अजिंगर भने बच्चा नै भएको जानकारहरुले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया