योगीकुटीमा लिटिलबुद्ध मुर्ति स्थापना

प्रकाशित मिति:

बुटवल, १ बैसाख । बुटवल भ्ैरहवा ६ लेन सडक खण्डको योगीकुटीमा तिलोत्तमा नगरपालिकाले लिटिल बुद्ध मुर्ति स्थापना गरेको छ । बुद्ध मुर्तिको प्रदेश ५का उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै उनले तिलोत्तमा नगरपालिकाले हरेक क्षेत्रमा नौला र रचनात्मक कामहरु गर्दै आएको भन्दै प्रसंशा गरे । उनले नगरपालिकाको यो कामले प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६लाई सफल बनाउन सहयोग पुयाउने बताए ।

कार्यक्रममा तिलोत्तमाका मेयर बासुदेव घिमिरेले नगरपालिकाले नगरलाई ग्रीन तिलोत्तमा,क्लिन तिलोत्तमा बनाउने लक्ष्य अनुसार र प्रदेश सरकारको लुम्बिनी भ्रमण वर्षलाई समेत मध्यनजर गरेर नगरभित्रको ६ लेन सडकमा बुद्ध मुर्तिहरु राख्ने अभियान शुरु गरेको बताए । योगीकुटीदेखि कटैयासम्म २द्द वटा बुद्ध मुर्ति राखिने र ती मध्ये २ वटा लिटिल बुद्ध र २० वटा पञ्चम बुद्ध मुर्ति रहने उनले स्पष्ट पारे । बुद्ध मुर्ति राख्न ५० लाख रुपैयां छुट्टाइएको उपप्रमुख जागेश्वरीदेवी चौधरीले बताइन् । सो कार्यक्रममा एमाले नेता मोहन चापागाई,कांग्रेस नगर सभापति हरिलाल पाण्डे लगायतले बोल्दै तिलोत्तमा नगरपालिकाले नौला र रचनात्मक काम गर्दै आएको भन्दै सराहना गरे । कार्यक्रमको सञ्चालन नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले गरेका थिए ।