प्राबिधिकको मनपरी : काम नगर्ने तर हाजिर प्रमाणित गराउन दवाव दिने

१ बैशाख २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
19 Shares


रामेछाप – महिना दिन देखि फिल्डको काम काज छोडेर प्रोत्साहन भत्ता माग गर्दै आन्दोलनमा होमिएका पुननिर्माणका प्राविधिकहरुले हाजिरी प्रमाणित गरिदिन जनप्रतिनिधिलाई दवाव दिन थालेका छन ।

आन्दोलनको नाममा कार्यक्षेत्रबाट बाहिरीएका राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तरगतका प्राविधिकहरु मध्ये महिना भुक्तान हुन थालेपछि केहि प्राविधिकहरु हाजिरी प्रमाणितका लागि वडा कार्यालयमा पुगेका हुन । आन्दोलन भनेर वडा छोडेर हिडेका प्राविधिकलाई हाजिरी दिने या नदिने कुरामा जनप्रतिनिधिहरु अन्यौल रहेका छन । स्थानीय केहि प्राविधिक जो वसेको छ । त्यसलाई भने हाजिर दिन समस्या नभएको उनिहरुको भनाई छ ।

सरकारले अघील्लो बर्षहरुमा पुननिर्माणमा संलग्न प्राविधिकलाई दिने गरेको प्रोत्साहन भत्ता उपलव्ध नगराएको भन्दै उक्त भत्ता र विमा लगाएतको माग राखेर चैत लाग्ना साथ प्राविधिकहरु आन्दोलनमा उत्रिएका थिए । जिल्लामा पेन डाउन र तालावन्दी गरेपछि केन्द्रमा आन्दोलनका लागि पुगेका प्राविधिकहरुलाई चाडै भत्ता उपलव्ध हुने आश्वासन दिएर काममा जान भनिएको थियो । आन्लोलन छोडर काममा फर्केको भनिएपनि प्राविधिकहरु अझै पनि तोकिएको स्थानमा पुगेका छैनन् । उनिहरुले उल्टै आन्दोलनलाई सशक्त वनाउनका लागि सामुहिक राजिनामाका लागि निवेदन संकलन थालेका छन ।

वडा कार्यालयमा आएकै छैनन कसरी हाजिरी प्रमाणित दिनु , लिखु तामाकोशी गाउपालिका २ सैपुका वडा अध्यक्ष पदमवहादुर तामाङ्गले भने । ‘काम छोड्ेर वडा कार्यालयमै वसेर आन्दोलन गरेको भए हाजिरी दिन सक्न्थ्यिो होला, उहा“हरु त कहा“ जानु भो अहिले आएर हाजिरी देउ भन्नुहुन्छ’ तामाङ्गले भने – हाजिरै नभएको व्यक्तिलाई हाजिरी दिने कि नदिने अन्यौल भयो । केहि वडा अध्यक्षले भने वडामा नभएका प्राविधिकहरुले मागे वमोजिम खालि कागजमा सहि गरेर उपलव्ध गराएको समेत पाइएको छ ।

प्राविधिक वडामा नवसेको गुनासो प्राय सवै कार्यक्रममा गर्ने जनप्रतिनिधिहरु तिनै प्राविधिकलाई हाजिरी लिने कुरामा भने जहिल्यै लचिलो हुने गरेका छन । यस अघि पनि महिनौ गाउ“ नवसेका प्राविधिकहरुलाई वडा अध्यक्षहरुले हाजिरी प्रमाणित गरेर पठाइदिने गरेको तथ्य फेला परेको थियो ।

प्राधिकरण अन्तरगतको जिल्ला आयोजना कार्यान्वयन इकाई ९भवन० रामेछापका अनुसार वडाबाट हाजिरी प्रमाणित भएर आएपछि प्राविधिकहरुले तलव भत्ता पाउने व्यवस्था छ । हाजिरी नभएकाले कामै गरे पनि तलव पाउने अवस्था हुदैन ।

‘वडामा प्राविधिक छैनन, जनताको सवै काम अलपत्र छन’ दोरम्बा गाउ“पालिका ७ का वडा अध्यक्ष रेमवहादुर थापा भन्छन – वडामै वसेर काम गर्न मात्र रोकेको भए हाजिर दिनु हुन्थ्यो , आन्दोलनको नाममा महिनौ वडामा नटेक्नेलाई कसरी हाजिर दिनु रु । ‘प्राविधिकले मलाई काठमाण्डौंमा वोलाएर हाजिर प्रमाणितमा सहि गर्नका लागि आग्रह गरे ’ थापाले भने ।

बुधबार जिल्ला समन्वय समिति रामेछापमा भएको एक कार्यक्रममा प्राविधिकको आन्दोलनका लागि धेरै भुकम्प पिडितहरुले अनुदानको पैसा नपाएको गुनासो जनप्रतिनिधिहरुले गरेका थिए । गाउ“मा प्राविधिक नवस्दा अनुदान मात्र रोकिएको छैन, निर्माणाधिन घरको अनुगमन र निरीक्षण समेत रोकिएकोले भोलीका दिनमा त्यस्तो घरले अनुदान नपाउन सक्ने आशंका गर्दै जनप्रतिधिहरुले – त्यस्तो भयो भने राम्रो नहुने चेतावनी समेत दिए । अनुदान लिनका लागि प्रँविधिकले एक घरमा ३ पटक सम्म निरीक्षणमा जानु पर्ने व्यवस्था छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • जर्मनीका प्रान्तीय अर्थमन्त्रीले गरे आत्महत्या
  • सियारीमा विपद् व्यवस्थापन तथा राहत कोष स्थापना, डिस्इन्फेक्सन बनाउन सुरु
  •  सरकारले लकडाउन थप एक हप्ता बढाउने
  • “युवाद्धय मेघराज र बिक्रम : जो जोखीमका बिच कृषीमा भबिष्य…
  • छोराको जन्म दिनमा वालिङ रामबाच्छाका युवा व्यवसायी ठकुरीले गरे अत्यावश्यक…
  • ‘येशुलाई विश्वास गर्नेलाई कोरोना लाग्दैन’ भन्ने एक जना पक्राउ
  • गुर्जोको रस पिउँदा कोरोना संक्रमण ठीक हुने रामदेववावाको दावि
  • बैंकको कर्जा किस्ता तथा ब्याज २०७७ अषाढ सम्म तिरे पनि…
  • चैतमा तिर्नुपर्ने कर्जा असारमा बुझाए हुने : राष्ट्र बैंक
  • कोरोनाविरुद्धको लडाइँमा बलिउडकर्मीको सहयोग