नयाँ वर्षमा काँग्रेस सभापतिको शुभकामना

प्रकाशित मिति:

नयाँ वर्ष २०७६ सालको अवसर पारेर नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले शुभकामना व्याक्त गरेका छन् । शुभकामना बक्तव्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरिएको छ । बक्तव्यमा उनले नेपाली कांग्रेस— देशलाई एकता, शान्ति र समृद्धिको बाटोमा अघि बढाउन, लोकतन्त्र र विकासको एजेण्डामा संगठित गर्न र हाम्रा गाउँ—नगरमा शान्ति, सामाजिक सद्भाव र एकता सुदृढ बनाउन तथा बलियो राष्ट्र र सुदृढ नेपाली राष्ट्रियताको जगमा आर्थिक विकासको दिगो आधार स्थापना गर्दै नागरिकको गुणस्तरीय जीवनयापनका लागि क्रियाशील रहेको बताइएका छन् । नेपाली कांग्रेसको नेतृत्वमा तीनै तहको निर्वाचन सम्पन्न भई मुलुकले संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रतात्मक नेपालको बलियो जग खडा गरिसकेको भन्दै शुभकामना बक्तव्यमा उनले भनेका छन् “सहमति, सहकार्य र एकताको माध्यमबाट नै मुलुकले सबै प्रकारको निकास पाउनेछ ।”

बक्तव्यमा थपिएको छ “नव वर्ष २०७६ ले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर बनाउन हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु । नव वर्षको शुभकामना दिइरहँदा हालै बारा पर्सामा हावाहुरीमा परेर जीवन गुमाएकाहरुलाई स्मरण गर्न चाहन्छु । हुरीबाट पीडित दिदीबहिनी दाजुभाइहरुको उद्धार र पुनस्र्थापनाको कार्यलाई प्रभावकारी ढंगले सम्पादन गरेर तिनको जीवन सहज तुल्याउने कार्य तीब्र ढंगले गर्न यो घडीमा सरकारलाई झक्झक्याउन चाहन्छु ।”