ज्येष्ठ नागरिक स्वास्थ्य बीमा योजना शुरु

प्रकाशित मिति:

काठमाडौं । नयाँ बर्षको शुरुवातसँगै ज्येष्ठ नागरिक स्वास्थ्य बीमा योजना शुरु भएको छ । योजनाको शुरुवात प्रधानमन्त्री केपी ओलीले आईतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहकाबीच प्रधानमन्त्री ओलीले गरेका हुन् ।

कार्यक्रमलाई संबोधन गर्दै प्रधानमन्त्री ओलीले बृद्धभत्ता बढाउने घोषणा समेत गरेका छन् । उनले अब दिईने बृद्धभत्ताको रकम नगदमा नभई चेकमार्फत् दिईने बताएकाछन् । कसैलाई वृद्ध भत्ता बढाएकोमा नमज्जा लागेछ। वृद्धभत्ता बढाएर के फाइदा रु भन्ने पनि सुनियो। बाआमालाई खुवाउदा पनि फाइदा खोज्ने भेटियो। भत्ता बढाएरै छाड्ने हो । प्रधानमन्त्रीले भने ।

सो योजनामा अब सबै नेपालीको बैंक खाता हुने र ७० वर्ष नाघेका बृद्धबृद्धाहरुलाई स्वास्थ्य बीमा गराउने समेत समेटिएको छ । प्रधानमन्त्री ओलीले १०० वर्षिया जमुना गुरुङ र ९४ वर्षीया गौरी श‌ंकर दास लगायतकको नाममा ज्येष्ठ नागरिक स्वास्थ्य बीमा कार्यक्रमको बीमा प्रमाणपत्र हस्तान्तरण गर्दै सो अभियानको सुरुवात गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्यबीमा बोर्ड, नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स एशोसिएनसको आयोजनामा यस्तो योजनाको सुरुवात गरिएको हो।