फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा एकै पटक किन समस्या

प्रकाशित मिति:

काठमाडौँ  – फेसबुक र यसको स्वामित्वमा रहेका मेसेन्जर र इन्स्टाग्रामको वेबसाइट र ह्वाट्सएपमा विश्वका विभिन्न देशमा समस्या देखिएको छ।

अमेरिका, युरोप र दक्षिण अमेरिकाका केही भागका मुख्य सहरी क्षेत्रमा यी तीन सेवाका एप क्र्यास भएका थिए। नेपालमा पनि वेबसाइट र एपहरुमा केही प्रयोगकर्ताहरुले समस्या भोगेका थिए।

अर्को सामाजिक सञ्जाल ट्विटरमा फेसबुक डाउन भएको बारे धेरै प्रयोगकर्ताहरुले लेखेका छन्। यो समाचार तयार पार्दासम्म फेसबुकले समस्या किन भएको हो भन्नेबारे केही बताएको छैन। तर समस्या भएको भने ट्विटरमा स्वीकार गरेको छ।

थप समाचार