सत्ता लिप्सा र पैसाको राजनीतिको अन्त्य हुनुपर्छः रामचन्द्र पौडेल

१ बैशाख २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
37 Shares


काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिमा शुद्धता भएपछि मात्र मुलुक सार्थक विकासको बाटोमा अगाडि बढ्ने बताएका छन् । रारा साहित्य प्रतिष्ठानको आयोजनामा संयुक्त रचना वाचन कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले नेपालमा भएको प्राकृतिक सम्पन्नता र सुन्दरताको उपयोगका लागि राजनीतिमा शुद्धता आवश्यक रहेको बताए । उनले राजनीतिलाई शुद्ध बनाउन सत्ता लिप्सा र पैसाको राजनीतिको अन्त्य हुनुपर्ने बताए । पौडेलले भने, ‘राजनीतिलाई शुद्ध बनाउनका सत्ताको लिप्सा र पैसाको राजनीति अन्त्य हुन जरुरी छ । यही राजनीतिलाई शुद्ध बनाउने अभियान मैले सुरु गरेको छु ।’

पौडेलले कर्णालीको प्रकृतिसँग प्रविधि जोड्न सकेमात्र नेपालले विकासको फड्को मार्ने स्पष्ट पारे । उनले भने, ‘कर्णालीको प्रकृतिसँग आज प्रविधि जोड्न जरुरी छ । कर्णालीको प्रकृतिसँग प्रविधि जोड्न सकेमात्र नेपालले विकासको फड्को मार्ने छ ।’ उनले युरोपमा देखिने गरेको कृत्रिम सुन्दरता भन्दा धेरै गुणा प्राकृतिक रुपले नेपालको कर्णाली सुन्दर रहेको भन्दै कर्णालीको प्रकृतिका सुन्दरताको नेपालमा पहिचान हुन नसकेको बताए ।

पौडेलले कर्णालीको गर्भमा रहेका धेरै कुरालाई बाहिर ल्याउन नसकेका कारण नेपाल विपन्न भएको स्पष्ट पारे । पौडेलले भने, ‘युरोपभन्दा पनि हामी प्राकृतिक रुपमा कर्णाली अगाडि छ । हामीसँग प्राकृतिको सुन्दरता छ, हामीसँग झलझलाउदो हिमाल छ । हामीसँग उर्लेर बग्ने नदी छ । कर्णालीमा पाउने जडीबुटी कहीँ कतै पाउन सकिँदैन । कर्णालीको गर्भमा रहेको कुरा हामीले बाहिर ल्याउन सकेनौं भने हामी सधैँ गरिबको गरिब रहनेछौ । अब कर्णालीको भएका धेरै कुरा बाहिर ल्याउन जरुरी छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • कच्चा तेल तथा पेट्रोलियमको उत्पादनमा अमेरिकाको नयाँ कीर्तिमान
  • अमेरिका र उत्तर कोरियाबीच चाँडै वार्ता हुने विश्वास
  • रवि लामिछानेको समर्थनमा बुटवलमा भब्य प्रदर्शन, हजारौंको उपस्थिति
  • लुम्बिनी भ्रमण वर्ष सफल बनाउन बुटवलमा सडक खाना महोत्सव हुने
  • ‘ग्रिनल्याण्ड’ किन्ने कुरा नमिले पछि अमेरिकी राष्ट्रपति ट्रम्पको डेनमार्क भ्रमण…
  • ‘बादशाह जुट’ को अफिसियल रिलिज डेट र पोस्टर सार्वजनिक
  • कृर्षिजन्य बस्तुको आयातमा नियमन र नियन्त्रण गर्नुपर्नेमा जोड
  • रवि लामिछानेको रिहाईको माग गर्दै देशभर प्रदर्शन : वुटवलमा उर्लियो…
  • भ्रामक समाचार राख्ने युट्युबर र वेवसाइटलाई घरघर गएर कार्वाही गर्छौ…
  • कारबाहीको माग गर्दै स्थानियद्वारा मणिमुकुन्द सेन उद्यानमा प्रदर्शन