रुपन्देही जिल्लामा रहेका पर्यटकीय स्थलमा आज दिनभर आन्तरिक पर्यटकको घुईचो

प्रकाशित मिति:

रुपन्देही-रुपन्देही जिल्लामा रहेका पर्यटकीय स्थलमा आज दिनभर आन्तरिक पर्यटकको घुईचो लाग्यो । वर्षको पहिलो दिन आज बुद्ध जन्मस्थल लुम्बिनीमा दिनभर मानिसहरुको घुईचो लागेको थियो । लुम्बिनीको मायादेवि मन्दिर , बेबी बुद्ध, शान्ती दिप ह्वाईट ट्याम्पलको अवोलोकनमा मानिसहरुको लागेको थियो ।

लुम्बिनीमा रहेको बोटिङ्गमा मानिसहरु रमाईरहेका थिए भने अवालोकन सँग तस्विर लिएको दृश्य देखिन्थ्यो । रुपन्देही जिल्ला लगायत , कपिलबस्तु , नवलपरासी , पाल्पा , स्याङ्गजा लगायतका जिल्लाबाट मानिसहरु घुम्न आएका थिए । कञ्चन गाउँपालिकामा रहेको दानापुर तालमा पनि दिनभरी आन्र्तरिक पर्यटकको घुईचो लागेको दियो । आज सार्वजनिक बिदा पनि परेकाले मानिसहरु घुम्न आएका थिए । बुटवलको पिसपार्क ,फुलबारी , हिलपार्क , तिलोत्तमाको बनबाटीकामा दिनभरि मानिसहरुको घुईचो लागेको थियो ।