कपिलवस्तु जिल्लामा नयाँ बर्ष उत्साहपुर्वक मनाईयो

प्रकाशित मिति:

कपिलवस्तु-कपिलवस्तु जिल्लामा नयाँ बर्षलाई उत्साहपुर्वक मनाईएको छ । नयाँ बर्षका अवसरमा कपिलवस्तुको तौलिहवा, जितपुर र चन्द्रौटा लगायतका स्थानमा शनिबार मध्य रातमा आतिसबाजी गरिएको थियो ।

जिल्लाको बाणगंगा नगरपालिकाको चार नम्बर जिपुर चोकमा नयाँ बर्ष २०७६ सालको पुर्व सन्ध्यामा खाना महोत्सव तथा शुुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । वाणगंगा वेलफेयर सोसाईटिको आयोजना र होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ कपिलवस्तुको सहयोगमा सम्पन्न कार्यक्रममा स्थानिय तथा राष्ट्रिय कलाकारहरुले प्रस्तुती दिएका थिए । यता तौलिहवामा सञ्चालित प्राचिन कपिलवस्तु महोत्सवको समापनस्थलमा समेत मध्यरातमा आतिसबाजी गरि नयाँ बर्षको स्वागत गरिएको थियो । चैत्र १८ देखी ३० सम्म सञ्चालित देशकै रात्रिकालिन महोत्सव आयोजना हुने महोत्सवस्थलमा मनोरञ्जन सगै आतिसबाजी गरिएको हो ।