नयाँ वर्षमा विकासले तिव्रता पाउने मुख्य मन्त्रि पोख्रेलको भनाई

प्रकाशित मिति:

बुटवल -प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले संविधान जारी भएपछि बितेका तीन वर्ष काम गर्न नसक्ने अवस्था रहेको भएता पनि नयाँ वर्षमा विकासले तिव्रता पाउने बताएका छन् । उनले पहिलो वर्ष भूईचालो आयो, नाकाबन्दी लाग्यो । दोस्रो वर्ष तीनतीन वटा चुनाव सम्पन्न भयो ।

तेस्रो वर्ष संघीयता कार्यान्वयन गर्ने कानून बनाउने वर्षका रुपमा गुजार्यौं । तीनवटै वर्ष जटिल र चुनौतीपूर्ण भएको समेत बताए । पाल्पाको तानसेनमा आयोजित शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेललेआयात र निर्यातमा असन्तुलन भएको जस्तो देखिएता पनि मेशीनरी सामान र निर्माणजन्य सामाग्रीहरुको आयात भएको बताउँदै अबको वर्ष विकासको वर्ष हुनेसमेत बताए । नयाँ वर्षले हामीलाई जोश जाँगर र उर्जा दिने वर्षका रुपमा आउने बताउँदै उनले काठमाण्डौं केन्द्रीत शासन व्यवस्था बदलेर संघीय लोकतान्त्रिक शासन व्यवस्था पाएको बताए ।

अब सबैले सबैलाई स्वीकार गर्ने वातावरण नयाँ वर्ष २०७६ ले प्रदान गर्नेमा जोड दिए ।सोही अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले प्रदेश सरकारले गरेका कामहरुले गति लिने बताए । सभामुख घर्तीले समृद्ध प्रदेश खुसी जनता सरकारको नारालाई सबैले साथ दिएर अगाडी बढ्न आग्रह गर्दै नयाँ वर्ष सुखद् रहोस् भन्ने शुभकामना व्यक्त गरे । सोही अवसरमा पिपुल्स क्रियशन प्रालिद्वारा सञ्चालनमा आएको सेरोफेरोन्यूज डटकमले प्रकाशन गरेको भित्तेपत्रिकाकोसमेत मुख्यमन्त्री पोखरेल र सभामुख घर्तीले विमोचन गरेका थिए ।