गुल्मीमा निर्माणाधिंन पक्कि पुल भत्कियो

१ बैशाख २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
37 Shares


गुल्मी – मुसिकोट नगरपालिका वडा नं। ७ र ३ को झेंदी भन्ने स्थानमा बडीगाड खोलामाथि निर्माणाधीन पक्की पुल भाँच्चिदा ५ जना घाइते भएका छन्।घाइतेहरुको इमरजेन्सी पोलिक्लिनिक हटियामा उपचार भइरहेको छ ।

घाइतेहरु मध्ये निर्माण व्यावसायी समेत रहेका ऋषिराम इटनी काठमाडौं र बडिगाड गाउँपालिका २ का तुलवहादुर रानालाई पोखरा रिफर गर्ने तयारी भएको छ। दुर्घटनामा मुसिकोट नगरपालिकाका रनवहादुर कुमाल, गणेश कुमाल र रुद्रवहादुर कार्कि घाइते भएकम छन् ।शुक्रवारबाट ढलान सुरु गरी अन्तिम अवस्थामा पुगेको वेला पुल एक्कासी बीचमा भाँचिएको हो ।५५ मिटर लामो पक्की पुल ५ करोड लागतमा निर्माणाधीन रहेको मुसिकोट नगरपालिका वडा नं। ७ का अध्यक्ष प्रकाश काफ्लेले जानकारी दिए ।इन्जिनियरिङ त्रुटिकै कारण दुर्घटना भएको हुनसक्ने उनले आशंका छ । जयवुद्ध कन्स्ट्रक्सन प्रालि काठमाडौंले पुल निर्माण गरिरहेको थियो ।गत वर्ष सोही स्थानमा रहेको झोलुंगे पुल भत्किएपछि पक्की पुलको निर्माण थालिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया