आइसीयु बाहिर कुरुवा बसेकी डोरबहादुरकी श्रीमति बिजुलाले भनिन् : गरिबलाई बाच्न गाह्रो रहेछ यहां

१६ श्रावण २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया
17 Shares


नरेश केसी ।
भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) शिक्षण अस्पतालको आइसीयु कक्षको भित्र बाहिर गरिरहेकी हुन्छीन करिब ३० वर्षिय एक युवति । उनको अनुहारमा छटापटाहट देखिन्छ , अनुहार उडेर सेतै भएको छ । विगत १५ दिनदेखी एउटै पोशाकमा छिन् । कपाल नकोरेको पनि सायदै धेरै दिन भएर होला कपाल पनि उडेको छ । बेला बेला कसैले नदेख्नेगरी भक्कानिन्छीन् । साथमा रहेका उनका दाजुले थमथमाउछन् अनि फेरी सम्हालिन्छन् र १५ दिनदेखी आइसियुको बेड नम्बर १ मा भेन्टिलेटरको सहयोगमा श्वास फेरिरहेका ४१ वर्षिय श्रीमान डोरबहादुरलाई सिसा बाहिरबाट हेरेर टोहलाइरहन्छीन् ।
बिजुला थापाले श्रीमानको उपचारकोलागी प्युठान गोठीबांगमा रहेको पाखोबारी पनि बेचि सकिन् । उनीसंग अब पहाडमा एउटा घर मात्रै छ । त्यो पनि बेचेर उपचार गर्न खोजेकी हुन् तर त्यो विक्री नभएपछि रुदैं बस्दै गरेकी थिईन् । नाता कुटुम्ब सबैसंग क्रृणधन गरेर करिब ४ लाख भन्दा बढी अस्पतालमा खर्च गरिसकेकी छन् । उनी श्रीमानलाई जसरी पनि बचाउन चाहिन्छन् । तर दैनिक २०, २५ हजार खर्च भईरहेको छ । उनी श्रीमानको उपचारमा भईरहेको खर्च र घरमा रहेका १२ वर्षिय अपांग छोरा र एक ८ वर्षिय छोरीलाई सम्झेर सोच्नै नसक्ने अवस्थामा छिन् ।
‘कमाउने श्रीमान मर्नु न बाच्नुको अवस्थामा हुनुहुन्छ । म के गरौं बेच्न मिल्ने भए म आफु बेचिएर पनि श्रीमानको उपचार गराउन चाहन्छु । ’ आईसियु बाहिर पत्रकारसंग दुखेसो पोखिन् । उनले आंखाभरी आशु पार्दै भनिन् , ‘यो देश हामी जस्ता गरिबकोलागी रहेनछ । हामी गरिब बाच्नै नसकिने रहेछ । खै कसरी उपचार गर्ने हो । पछि फेरी ती नाबलक संग कसरी बाच्ने हो । ’
विजुलाले आफुले चिनेजानेका मान्छे मार्फत प्युठानबाट चुनाब जितेका सांसद कृष्णध्वज खड्का र हरी रिजाल, स्वर्गद्वारी नगरपालिका मेयरलाई पनि गुहारीन् तर उनीहरुले पनि मौखिक आश्वसन मात्रै दिए । तपाई नआत्तिनिुस् हामी गर्छौ भन्नुहुन्छ तर खै केही सहयोग भएन ।
आफैले मत दिएर चुनाब जिताएका नेताले परेको बेला गुहार माग्दा पनि खासै वास्ता नगरेपछि उनी पत्रकारहरुलाई आफ्नो दुखेसो पोखिन् । पत्रकारहरुले उनको दुखःका समाचार लेखेपछि भैरहवा स्थित रोट्याक्ट क्लब अफ भैरहवाले उनलाई सक्दो सहयोग गरिरहेको छ ।
आइतबारदेखी क्लबले मेडिकल कलेज भैरहवामा पुगी बिरामी, विरामीका परिवार तथा उपचारमा संलग्न डक्टरलाइ भेटि उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि आर्थिक व्यवस्थापन गर्न सके विरामी निको हुने अस्पतालको आस्वासन अनुसार पैसाकै अभावमा ज्यान जानबाट बचाउनको लागि अभियान सुरु गर्ने निर्णय गरेको क्लबका अध्यक्ष माधब न्यौपानेले बताए । क्लबले अहिले सम्म ५० हजार १ सय ५ रुपैया विरामीको श्रीमति विजुलालाई हस्तान्तरण गरेको छ । अध्यक्ष न्यौपानेले भने ‘हामीले मानवीय नाताले प्युठानी डोरबहादुरको उपचारमा आर्थिक सहयोग गर्नेगरी जुटीरहेका छौं । अरु सहयोग पनि उठाईरहेका छौं ’
‘म सबै संघसंस्थालाई डोरबहादुर बचाऊ अभियानमा सक्दो आर्थिक सहयोग गरि सहभागी हुन हार्दिक अनुरोध समेत गर्दछु , अध्यक्ष न्यौपानेले भने । विभिन्न संघसंस्था तथा व्यक्तिहरुले सहयोग गरिरहेको र उक्त रकम डोरबहादुका श्रीमतिलाई हस्तान्तरण गरिएकोे क्लबका संस्थापक अध्यक्ष प्रकाश शर्माले जानकारी दिए ।
हालसम्म अस्पताललाइ करिब ३ लाख बुझाएर पनि अझै डेढ लाख बुझाउन बाँकी रहेको विरामीको श्रीमतिले बताइन् ।
निम्न वर्गिय थापा क्षेत्री आपको रुखबाट लडेर गम्भिर घाईते भई उपचारकोलागी श्रीमतिसंगै भैरहवा आएका हुन् । उपचाररत थापा क्षेत्रीका १० वर्षिय एक छोरा अपांग छन् । अर्को ८ वर्षिय छोरी घरमै छन् । थापा क्षेत्रीको स्वास्थय उपचारमा खटिएका न्यूरोसर्जन डा। राजकुमार के।सीका अनुसार उनको घाटीको हड्डी भाचिंएको थियो । भाचिएको हड्डीको अप्रेशन भइसकेको छ । तर श्वासप्रश्वासमा समस्या भएकोले भेन्टिलेटरमा राख्नु परेको उनले बताए ।
यता अस्पताल प्रशासनले विरामीको उपचार उधारोमा भईरहेको जनाउदैं कोही दाता भए सहयोग गर्न सक्ने जनाएको छ । डोर बहादुरको उपचारमा सहयोग पुराउन प्युठान नगरपालिकाका मेयर नेत्र बहादुर रोका क्षेत्रीले पनि सबैलाई सार्वजनिक रुपमा अनुरोध गरेका छन् । उनले प्युठानी डोरबहादुरको उपचारमा आर्थिक समस्या परेकोले उनलाई सघाउन अनुरोध गरेका हुन् ।
डोरबहादुर बचाऊ अभियानमा रोट्रयाक्ट क्लब अफ भैरहवालाई आर्थिक सहयोग उपलब्ध गराउनेहरु क्लबका सदस्यहरुलबाट १० हजार १ सय ५, करुणा फाउन्डेसन ,युसीएमएसबाट १० हजार, सिद्धार्थ यातायात प्रा।लि।,सुर्यकुमार शारुमगरबाट ५ हजार १ सय , भन्सार एजेन्ट महासंघका अध्यक्ष डा। शान्त कुमार शर्माबाट ५ हजार १ सय , अमिताब बुद्ध बौद्य बिहारका अनिल केसी बाट १० हजार, आन्तरकि राजस्व कार्यालय कर्मचारी परिवार बाट ५ हजार, हिमान्सु झा, भैरहवाबाट ५ हजार, दिपक पौडेल, कोरिया बाट ५ हजार सहयोग गरेका छन् । यसैगरी नमुना एकिकृतको अध्यक्ष ज्ञानु पौड्यालबाट ५ हजार १ सय, सानु शर्माबाट ४ हजार, प्राचिन थैव, बेलहियाबाट २ हजार १ सय , प्रीन्सबाबु काफ्लेबाट २ हजार १ सय, पश्चिमान्चल स्कुलका राजुशर्मा ढकाल, भैरहवाबाट २ हजार, देवराज न्यौपाने, बेलहिया बाट १ हजार ५ सय, कृष्ण घिमिरे, बेलहियाबाट १ हजार ५ सय, असिम न्यौपाने, बेलहिया बाट १ हजार ५ सय , मधु पन्थी, बेलहिया बाट १ हजार, सुमन शर्मा, बेलहिया बाट १ हजार १ सय , कोपिला क्षेत्री भैरहवा बाट १ हजार ५, ओम पौडेल भैरहवा बाट १ हजार १ सय ५ रकम उठेको क्लबका अध्यक्ष न्यौपानेले जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • क्ञ्चन गाउपालिकामा क्वारेन्टाइ हट्यो,संक्रमण रोकथाम गर्न सहयोग गर्ने सबैलाई गाउपालिका…
  • गणेशमान सिंहको स्मृतिमा नेबिसंघ द्वारा काठमाडौंमा दिप प्रज्वलन
  • सिरहाको लहानमा गणेश मान सिंहको स्मृति दिवस सम्पन्न
  • जनप्रतिनिधिद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन
  • नवलपरासीमा पनि मनाइयो राष्ट्रिय परिवार नियोजन दिवस
  • शैक्षिक क्षेत्र सुधारको माग गर्दै शिक्षामन्त्रीलाई संयुक्त विद्यार्थी संगठनको पत्र
  • (एमसिसी )  बुंँदा परिमार्जन गरेर भए पनि अनुमोदन हुन्छ :…
  • शुदोधन गाउँ पालिका २ बनगाइमा एक युवकको हत्या
  • तिलोत्तमामा विनाधितो सहुलियतपूर्ण कर्जा
  • रैना र हरभजन नखेल्दा चेन्‍नईले टिम कसरी मिलाउला ?