एनआरएनएमा झागिएको विकृति र विसंगती हटाउन मेरो उम्मेद्वारीः थापा

प्रकाशित मिति:

न्यूयोर्क–विगत केही वर्ष अगाडीदेखि परम्परागत रुपमा राजनीतिक समस्याले झागिएको गुट उपगुट, मुद्दा मामिलाले जकडेको एनआरएनएलाई शुद्ध सुदुढ गर्ने एनआरएनएका अध्यक्ष पद्का दावेदार संजय थापाले बताउनु भएको छ । मेरो उम्मेदवारीको मुख्य उद्देश्य भनेकै एनआरएनएभित्र रहेका विकृति र विसंगती हटाउनु भएको थापाले बताए ।

अमेरिकामा रहेका नेपालीको साझा चौतारीको रुपमा एनआरएनलाई एउटै मालामा उन्ने अठोटका साथ मैले एनआरएनएको अध्यक्ष पद्मा उम्मेदवारी दिएको थापाल बताउनु हुन्छ ।
‘एक पटकको नेपाली सधैको नेपाली’ भन्ने मूल नारा सहित वर्तमान नेपाली सरकारसँग हातेमालो गर्दै अघि बढ्नेछु,’ उहाँले भन्नु भयो ‘बारम्बार प्रवासी नेपालीमा परेका समस्या समाधान गर्न म लड्र्दै आएको छु ।’ अबका दिनहरूमा पनि विश्वभरि छरिएका नेपालीहरूको बीचमा अमेरिकाको एनआरएनए नमूना बनाउने मेरो मूल ध्यये हो ।

अध्यक्षका दावेदार थापा नावी कार्यक्रममा भाग लिन अमेरिकाको विभिन्न राज्यमा जाँदै हुुनुहुन्छ । आगामी अप्रिल १४ गते बाल्टिमोडमा उहाँको चुनावी प्रचार प्रसारको कार्यक्रम रहेको छ भने अप्रिल २० मा सनफान्स्को, २१ मा लस एन्जलसको क्यालिफोनिया पुग्दै हुुनुहुन्छ । मे ११ देखि १४ सम्म उहाँले न्यूयोर्कदेखि वोष्र्टन, हाम्पसिरलगायतका स्थानमा चुनावी कार्यक्रम सहितको भ्रमण गर्नुहुने भएको छ ।