हज यात्रामा जाने हजयात्रीहरुलाई विदाई

प्रकाशित मिति:

मुस्लीम समुदायको मुख्य तिर्थस्थल मक्कामदिनामा हज गर्नका लागी कपिलवस्तु लगायत मुस्लीम समुदायको बसाइ रहेका नेपालका विभिन्न जिल्लाबाट मुस्लिम धर्मावलम्बी हिडेका छन् । कपिलवस्तु लगायत तराइका विभिन्न जिल्लाबाट यस वर्ष पनि हज गर्न साउदी अरबको मक्कामदिना जान मुस्लिम धर्मावलम्बी सयौंको संख्यामा हिडेका छन् । यस बर्ष कपिलवस्तुबाट साउदी अरबिया स्थित मक्का मदिना गई हज गर्ने महिलापुरुष हजयात्रीहरु १ सय ९३ जना रहेका छन् जुन नेपालभरकै ठुलो सँख्या रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मक्का मदीना यात्रा गर्नाले पुन्यफल प्राप्ति हुनुका साथै त्यहा नवाज पढेपछि आफुले जानेर वा नजानेर गरेका गल्तीको माफी पाउने विश्वासमा सकेसम्म मुस्लीम समुदाय हज गर्न जाने गर्दछन् ।

हजयात्रामा जाने हजयात्रीलाई परिवारका सदस्य र ईस्टमित्रले दोसल्ला ओढाइ अंकमाल गरि बिदाई गरेका थिए ।