मलेसियाले नेपाललाई दियो ९३ रनको झिनो लक्ष्य

प्रकाशित मिति:

काठमाडौँ – आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि जारी एसिया छनोटको खेलमा मलेसियाले नेपाललाई ९३ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ।

घरेलु टोली मलेसिया ३३ ओभर ५ बलमा अल आउट हुँदै ९२ रनमा समेटिएको हो । नेपालका पवन सर्राफ र कुशल मल्लले ३/३ विकेट लिए । कमल सिंह ऐरीले २ विकेट हात पारे ।नेपालले केहीबेरमा जवाफी ब्याटिङ्ग थाल्नेछ ।