“खोलौ बैंक खाता” अभियानमा प्रधानमन्त्रि ओलीको बुवा र सासु पनि सहभागी

प्रकाशित मिति:

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहन प्रसाद ओली र सासू राधिका शाक्यकी आमा० धनमाया शाक्यले ‘खोलौं बैंक खाता’ अभियानमा सहभागी भएका छन् । ओली र शाक्य दुवैले राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेका हुन् ।

सरकारले नयाँ वर्ष २०७६ को पहिलो दिन आइतबारबाट देशभर ‘खोलौं बैंक खाता’ अभियान सुरु गरेको छ । ‘समृद्धिसँग जोडौं नाता सबै नेपालीको बैंक खाता’ भन्ने नाराका साथ सुरु गरिएको अभियानको प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा गृहमा उदघाटन गरे ।यो अभियानमा खाता खोल्नेहरुलाई बैंकले एक सय रुपैयाँ आफैंले जम्मा गरिदिन्छन् । ग्राहकहरुले एक रुपैयाँ पनि शुल्क तिर्नु पर्दैन ।तर बैंकले उपलब्ध गराउने एक सय रुपैयाँको मात्रै भर नपरेर आफू्लेसमेत १ सय रुपैयाँ थपेर खाता खोल्न अर्थमन्त्री डा। युवराज खतिवडाले आग्रह गरेका छन् ।