बुद्ध एयरको भैरहवा देखि काठ्माण्डौको पहिलो उडान बिहान ७ बजे

प्रकाशित मिति:

बुद्ध एअरले भैरहवा–काठमाण्डौ हवाई रुट अन्र्तगत प्रत्येक दिन बिहान ७ बजे भैरहवाबाट काठमाण्डौ बिहानी उडान गर्ने भएको छ । यो समय अनुसार साउन १७ बिहीबारबाट (अगस्त २) उडान सुरु हुने बुद्ध एअरका बरिष्ठ प्रबन्धक तथा भैरहवा स्टेशनका प्रमुख दर्शन घिमिरेले बताए ।

रुपन्देही प्रदेश नम्बर ५ को राजधानि समेत रहेको, बुद्ध जन्मस्थल लुम्बिनीको महत्व दिनानुदिन बढदै गइरहेको जस्ता कारणले बिहानै ७ बजे उडान सुरु हुने र प्रत्येक दिन काठमाण्डौंबाट बेलुका आउने अन्तिम उडानको विमान गौतमबुद्ध विमानस्थलमै रहने र सोही विमानले अर्को दिन बिहानको उडान भर्ने घिमिरेले बताए ।

पहिलो दिनको बिहानीको भैरहवा काठमाण्डौं उडानका लागी बुद्ध एअरले दुइ हजार सात सय रुपैया (२७०० रुपैया) हवाई भाडादर कायम गरेको छ । यात्रुहरुको लागी पहिलो उडानमा यो हवाई भाडा दर कायम गरिएको घिमिरेले बताए ।

बिहानै उडान सुरुले यात्रुहरुलाई थप सजिलो हुने र काठमाण्डौमा त्यहि दिन काम सम्पन्न गरेर बेलुका फर्कन समेत सकिने विश्वास लिइएको छ । यो सहित अब भैरहवा–काठमाण्डौ सेक्टरमा बुद्ध एअरको नियमित ४ उडान पुग्नेछ ।