मलेसियामाथि नेपालकाे सानदार जित, यो सँगै म्याचको दोस्रो स्थानमा

२ बैशाख २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं  – आइसीसी यू–१९ विश्वकपको एशिया छनोटमा नेपालले मलेसियालाई आठ विकेटले हराएको छ । क्वालालम्पुरमा टस हारेर पहिला व्याटिङ गरेको घरेलु टोली मलेसिया ३३.४ ओभरमा अल आउट हुँदै ९२ रन बनायो । मलेसियालाई सस्तैमा समेट्न नेपालका बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । नेपालका लागि पवन शर्राफ र कुशल मल्लले तीन तीन विकेट लिए । यसैगरी कमलसिंह ऐरीले २ तथा सागर ढकालले एक विकेट लिए । मलेसियाका इजित फिक्वीले सर्वाधिक ३७ रन बनाउँदा मोहम्मद अमिरले १३ रन जोडे ।

यसैगरी हकिम हसरनले १० रन बनाउनु बाहेक अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ९३ रनको लक्ष्य पक्ष्याएको नेपालले १३ ओभरमा दुई विकेट गुमाउदै पुरा गर्यो । झिनो लक्ष्य पाएको नेपालले राम्रो सुरुवात गरेको थियो । ४२ रन हुँदा नेपालले पहिलो विकेट गुमायो । नेपालका ओपनर पवन सर्राफ ब्यक्तिगत १९ रनमा आउट भए ।

उनले १३ बलमा २ चौका र एक छक्का प्रहार गरे । उनी लामो प्रहार गर्ने क्रममा स्टम्पिङ हुन पुगे । त्यसपछि दोस्रो विकेटका लागि आसिफ शेख र रित गौतमले उत्कृष्ट ४६ रनको साझेदारी गर्दै टिमलाई सहज जित दिलाए । जसमा रितले ३९ रन बनाए भने आसिफ शेखले २६ रनको योगदान गरे ।

यो जितसँगै नेपाल ३ खेलमा ४ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको हो। त्यतिनै खेलबाट यूएई भने ६ अंकसहित शीर्षमा छ। दोस्रो खेलमा नेपाल यूएईसँग डिएल म्याथडका आधारमा एक रनले पराजित भएको थियो।

६ टोली सम्मेलित प्रतियोगिताको शीर्षमा रहने टोली २०२० मा दक्षिण अफ्रिकामा हुने विश्वकपमा छनोट हुनेछन्। नेपाल र यूएई दुबैले अब २-२ खेल खेल्न बाँकी छ। तुलनात्मक रुपमा यस छनोटमा नेपाल बलियो मानिएपनि यूएईविरुद्धको खेलमा वर्षाले विथोलेपछि नेपाल डिएल म्याथडका आधारमा एक रनले पछि परेको थियो। उक्त खेलमा २ अंक गुमाएपछि यूएईको विश्वकप छनोट हुने सम्भावना बढेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया