बिस्केट जात्रा : थिमीमा सिन्दुर जात्रा

२ बैशाख २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया

la:s]6 hfqfsf] cj;/df dWok’/lyldsf jfl;Gbfn] cfh ljxfg}b]lv xiff]{Nnf;sf l;Gb’/ v]n]/ ;’yM l;of hfqf dgfpb} . tl:j/ M /d]z lu/L, eQmk’/, /f;;

भक्तपुर – बिस्केट अर्थात बिस्का जात्राको अवसरमा मध्यपुर थिमीका बासिन्दाले साेमबार बिहानैदेखि हर्षोल्लासका सिन्दुर खेलेर सुथः सिया जात्रा मनाइरहेका छन् । बिहानैदेखि मध्यपुर थिमीको टोल टोलबाट बिभिन्नि देवताहरुको मूर्तिलाई खटमा विराजमान गराई खट् बोकेर सिन्दुर खेल्दै पुजाआजाका साथ यो जात्रा मनाईएको हो । थिमीमा मात्र मनाईने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमे लगायतका स्थानीय बाजामा नाच्दै हातहातमा चिराग बालेर खट् बोकी बालकुमारीमा ३२ खट् ल्याएर भव्य रुपमा मनाउने परम्परा छ ।

यो जात्रा साेमबार बिहानै बालकुमारी र कालिका अर्थात बालाखुको खट् बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो । आइतबारदेखि विष्णुबीर र दक्षिण बाराहीको खट् समेत मन्दिरमा राखिएको थियो । बिहानै सिद्धिकालीको खट् ल्याएर आफ्ना गणहरु सहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको हाे ।

जात्रा सुरु भएपछि पमाहरु हातहातमा चिराग अर्थात बत्ति लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट् उचालेपछि जात्रालाई दिगुटोल स्थित देवता घर परिक्रमा गराइएको थियो । यसैगरि बिष्णुवीर, सिद्धिकाली लगायतका देवदेवीहरुको खट् ल्याएर यो जात्रा मनाईएको छ । थिमीमा ३२ वटा खट् सहभागि रथ बोकेर परम्परागत रुपमा मनाउदै आएको यो जात्रा अहिले थिमी क्षेत्रमा २३ वटा, नगदेशमा १, बोडेमा ७, टिगनीमा १ गरी छुटाछुटै स्थानमा खटजात्राका साथ सिन्दुर जात्रा मनाइएको छ । यसमा थिमीको बालकुमारी, दक्षिणबाराही, विष्णुबीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका खट् बोकेर जात्रा गरि टोलटोलमा सिन्दुर खेल्दै जात्रा मनाइन्छ । जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ ।

जात्रामा काँया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खट्लाई घुमाउदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानिय जात्रालुहरु रमाईलो गर्ने भएकाले पनि यसलाई सिन्दुर जात्रा भनिएको हो । परम्परा अनुसार नै देवता लायकू दरबार भित्र पस्न नपाउन भनेर लायकू प्रवेशद्धारमा बाटो छेकेर पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यो, सिद्धिकाली र अरु देवताका गणहरु बाटो छेकेर बस्ने परम्परा रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • अधिकारी दम्पित्तीको ब्यबसायीक रफ्तार : सु – सक्षम सप्लायर्सको शुभारम्भ
  • जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय समितिमा मनोनयन ,दिवाकर वागचन्दको सभापतित्वमा न्यूयोर्क…
  • सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै दुईजना सवार मोटरसाइकल खोलामा खस्यो
  • पाल्पामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
  • पश्चिम नवलपरासीका बाढि डुवान क्षेत्रमा नेपाल र भारतका पदाधिकारी द्धारा…
  • कांग्रेसका नेता धितालको निधन तीनदिन सम्म रुपन्देहीमा पार्टिको झण्डा झुकाउने
  • विश्व हिन्दु परिषद नेपालद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
  • काँग्रेस सभापतिको उम्मेदवार बन्ने सुजाता कोइरालाद्वारा घोषणा
  • बाबुले गराइदिए छोराको चौरासी पूजा
  • भीरकोट जेसिजको सप्ताह ब्यापीकार्यक्रम भव्यताका साथ सम्पन्न