‘झ्यानाकुटी’ निर्देशकसँग दीपकराजको टिमअप

२ बैशाख २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


काठमाडौँ -यस वर्ष दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले दुई बाहिरी ब्यानरसँग सहकार्य गरेर दुई फिल्म निर्माण गर्दैछ । पहिलो, निर्माता रोहित अधिकारीको एकल लगानी रहने फिल्म छ माया छपक्कैु मा उनीहरुको सहकार्य कन्फर्म भइसकेको छ ।

लगानी रोहितको सोलो हुने तर, फिल्मको मुनाफाको ५० प्रतिशत भने दीपकराजको टिमले लैजाने सर्त छ । फिल्मलाई घामपानी र गोपी फेम्ड निर्देशक दीपेन्द्र लामाले निर्देशनको कमाण्ड सम्हाल्दैछन् । बैशाख अन्तिमबाट यो फिल्मको छायांकन सुरु हुँदैछ । यसको कथा, पटकथा र संवाद अहिले दीपकराजले लेखिरहेका छन् । फिल्ममा उनीसँगै केदार घिमिरे र जितु नेपाल लिड रोलमा रहनेछन् । रोहित अधिकारी फिल्मस् र आमा सरस्वती फिल्मस्को संयूक्त ब्यानरमा यो फिल्म बन्नेछ । दशैंमा फिल्म प्रदर्शनमा आउने निश्चित भइसकेको छ । योसँगै दीपक दीपाको टिमले अर्को बाहिरी ब्यानरसँग गर्न लागेको दोस्रो फिल्मको पनि टुंगो लागेको छ ।

उनीहरुको ‘झ्यानाकुटी’ निर्देशक सिमोस सुनवारसँग टिमअप भएको छ । फिल्मलाई निर्देशक सिमोस स्वयंले निर्देशन गर्नेछन् भने लगानी पनि उनको एकल रहनेछ । तर, फिल्मको मुनाफाको ६० प्रतिशत दीपक दीपाको टिमले लैजाने सहमती भएको जानकारी प्राप्त छ । यसबारे भने निर्देशक सिमोसले बताउन थाहेनन् । फिल्मको कथा अहिले लेखक प्रदीप भारद्वाजले लेखिरहेका छन् । फिल्मको फाइनल भइसकेको छैन । तिहारपछि फिल्मको छायांकन सुरु हुने निर्देशक सुनवारले  बताए । फिल्ममा दीपकराज गिरीको प्रमुख भूमिका रहने पक्का भए पनि बाँकी कलाकारहरुको टुंगो नलागेको उनको भनाई छ । ६ एकान ६ देखि छक्का पञ्जा ३ सम्म आइपुग्दा दीपक दीपाको टिमलाई दर्शकले निकै विश्वास गरेका छन् । यही कारण उनीहरु पहिलो पटक मुनाफा लिने सर्तमा बाहिरी ब्यानरसँग सहकार्य गर्न लागेका हुन् । फिल्म सफल भएको खण्डमा सम्झौता बमोजिम मुनाफाको ५०र६० प्रतिशत शेयर दीपक(दीपा टिमको हातमा पर्नेछ । विना लगानी । फिल्मले लगानी पनि नउठाए भने मिहिनेत बेकार जानेछ । अर्थात्, हातमा सुक्को पर्ने छैनन् । दीपक दीपाले मोलेको यो जोखिमलाई धेरैले प्रशंसा गरेका छन् । यसले निर्माताहरु नमर्ने कतिपयको भनाई छ । नेपालका चलेका अरु कलाकारले पनि यसलाई अनुशरण गर्नुपर्ने फिल्मवृतमा बहस सुरु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु
  • नेपाल स्पेन समाज कोष्टाब्लान्काद्धारा ढोरपाटनका बाढी पहिरो पिडितलाई राहत सामग्री…
  • वालिङको बातावारण सुहाउदो उद्यमशीलताको प्रवद्र्धन गरौं, दीगो आर्थिक बिकास सम्भव…
  • टिभिएस दसैंको आशा योजना अन्तर्गत मदन पोख्रेल खत्रीले जिते अपाचे…
  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत
  • स्याङ्जाका पहिरो पीडितलाई युरोपका नेपालीले गरे साढे ५ लाख आर्थिक…
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २९ औं पटक निशुल्क दुग्धजन्य…
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय नाघ्यो
  • गायिका निरुशा भट्टराईको गीत सार्वजनिक