बरिष्ठ समाजसेवी स्व.सैंजुको प्रथम स्मृति जयन्ती दुईवटा शालिक अनावरण, स्मृति ग्रन्थ बिमोचन र चाँदीको सिक्का प्रकाशन

१६ श्रावण २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया


पुर्व शिक्षा मन्त्री एवं बरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले मानविय सेवा नै सबैभन्दा ठुलो समाजसेवा भएको बताउनु भएको छ । कर्मयोगी, धर्मपाल, बरिष्ठ समाजसेवी स्व. गणेशमान सैंजुको प्रथम स्मृति जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्री प्रश्रितले मानवले मानवलाई सम्मान गर्ने परिपाटीको अन्त्य भएकोमा चिन्ता ब्यक्त गर्नु भयो ।
स्व. गणेशमान संैंजुको निस्वार्थ समाजसेवाको स्मरण गर्दै उहाँले शिक्षा, स्थास्थ्य लगाएतका क्षेत्रमा अविछिन्न सेवा गर्नुका साथै नारीलाई सम्मान गर्ने, लागु पदार्थ बिरोधी अभियान संचालन गर्ने, गरिब जेहन्दार बिद्यार्थीलाई छात्रबृत्ती प्रदान गर्ने आदी कार्य गरेर अरुलाई अनुसरण गर्ने अवसर समेत प्रदान गरेको बताउनु भयो । उहाँले स्व. सैंजुको समाजसेवा अनुकरसणय र सच्चा जिवनको कर्मयोग भएको बताउनु भएको छ । मानविय सेवा, त्याग र समर्पण मानव जिवनका अमुल्य सम्पत्ती भएको चर्चा गर्दै प्रश्रितले आफुभन्दा कम भाग्यमानीको सेवा गर्नु नै सच्चा समाज सेवा भएको बताउनु भएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दे मुक्तिनाथ धामका प्रमुख तत्वदर्शी सन्त शिरोमणी लोकानन्द स्वामी महाराजले समाज सेवा नै मानव जिवनको मुल धर्म भएको चर्चा गर्दै धर्म, संस्कार र अनुशासनले जिवनलाई सार्थक बनाउने चर्चा गर्नु भयो । आध्यात्मिक, धार्मिक एवं साँस्कृतिक चिन्तनले मानव जिवनमा अभुतपुर्व प्रेरणा मिल्ने र जिवन सफल हुने कुरा उल्लेख गर्दै उहाँले सुसंस्कृत समाज निर्माण आजको आवश्यक्ता रहेको पनि बताउनु भयो । सो अवसरमा समाजका बिभिन्न क्षेत्रमा बिशिष्ट योगदान पुराएका ३ जना माहानुभावहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेमा पुर्व शिक्षामन्त्री एवं बरिष्ठ साहित्यकार मोदनाथ प्रश्रित, बरिष्ठ पत्रकार बालकृष्ण चापागाई र बरिष्ठ समाजसेवी शेर बहादुर गुरुङ्गलाई दोसल्ला, कदर पत्र र नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।
बुटवलका बरिष्ठ समाजसेवी, कर्मयोगी, धर्मपाल स्व.गणेशमान संैजुको प्रथम स्मृति जयन्ती समारोह बिभिन्न कार्यक्रम आयोजना गरि सम्पन्न भएको छ । स्व. सैंजुको स्मृति जयन्तीमा बुटवल २ फुलबारी स्थित सिद्धबाबा दुर्गा भवानी शिवकुमारी बृद्धाश्रममा पुर्णकदको शालिक अनावरण गरिएको छ भने बिश्व हिन्दु महासंघ रुपन्देहीको प्रांगणमा अर्धकदको शालिक स्थापना गरि आजै अनावरण गरियो । यसका साथै आजै आयोजित समारोहमा स्व. सैंजुको जिवनीमा आधारीत बिभिन्न लेख तथा बिभिन्न सामाग्रीहरुको स्मृति ग्रन्थ बिमोचन गरिएको थियो भने स्व. गणेशमान सैंजुको नामांकित चाँदीको सिक्का प्रकाशन गर्नुका साथै हुलाक टिकटमा टाँचा लगाउने कार्य पनि सम्पन्न गरिएको छ ।
कर्मयोगी, समावसेवी गणेशमान सैंजु स्मृति प्रतिष्ठान बुटवल, रुपन्देहीद्धारा आयोजित कार्यक्रममा बुटवल १४ स्थित मुक्तिनाथ धामका तत्वदर्शी सन्त–शिरोमणी स्वामी लोकानान्दजी महाराज र पुर्व शिक्षामन्त्री तथा बरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले शालिक अनावरण, पुस्तक बिमोचन, प्रकाशन तथा नेपाल फिलाटेलिक सोसाईटीबाट संस्मरणात्मक आवरणमा टाँचा लगाउने कार्य गर्नु भएको थियो । प्रतिष्ठानले आजै बुटवलका विभिन्न विद्यालयहरुमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई छात्रवृति समेत प्रदान गरेको थियो । स्व. गणेशमान सैंजुलाई र उहाँ आवद्ध विभिन्न संघ संस्थाहरुलाई सहयोग पुराएका र सहकार्य गरिएका संघसंस्थाहरुलाई पनि सो अवसरमा कदर पत्रले सम्मान गरिएको थियो । बुटवलमा रहेका मन्दिरहरुलाई धुप सहयोग समेत गरेको छ ।
कर्मयोगी, समाजसेवी गणेशमान सैंजु स्मृति प्रतिष्ठानका अध्यक्ष एवं बिश्व हिन्दु महासंघ रुपन्देहीका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा , नेपाल फिलाटेलिक सोसायटीका अध्यक्ष शंकर श्रेष्ठ, उद्योग बाणिज्य संघका अध्यक्ष खेम हमाल, बुद्ध सामुदायिक टेलिभिजनका अध्यक्ष पृथबहादुर फौजदार, साहित्यकार काजी रोशन, बुनपाका पुर्व उपप्रमुख बिमल बहादुर शाक्य, सिद्धार्थनगर उबासंघका पुर्व अध्यक्ष ओमकार गौचन, सम्मानित ब्यक्तित्व बरिष्ठ पत्रकार बालकृष्ण चापागाई, बरिष्ठ अधिबक्ता बेन बहादुर पौडेल क्षेत्री, पं.कृष्ण प्रसाद कोईराला, संचारकर्मी खेमराज रेग्मी, अम्बीका पौडेल लगाएतका बक्ताहरुले स्व. गणेशमान सैंजुले सामाजिक क्षेत्रमा पुराएको योगदानको चर्चा गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया