काँग्रेस जिल्ला सम्मेलनलाई शिर्ष नेताहरुले सम्बोधन गर्ने

प्रकाशित मिति:

भैरहवा, २ बैसाख/
नेपाली काँग्रेस रुपन्देहीको जिल्ला सम्मेलनको उद्घाटनलाई पार्टीका शिर्ष नेताहरुले संबोधन गर्ने भएकाछन् ।
जिल्ला सम्मेलन यही बैशाख १८ र १९ गते हुँदै छ । पार्टीको सोमवार भैरहवामा बसेको पदाधीकारी बैठकले सम्मेलनको उद्घाटन १८ गते तिलोत्तमा नगरपालीका १५ मधवलीया चोकमा गर्ने र बन्द सत्र १९ गते भैरहवा स्थित पार्टी कार्यालयमा गर्ने निधो समेत गरेको छ । उद्घाटन सत्रलाई सम्वोधन गर्न केन्द्रीय पार्टी सभापति शेर बहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शंशाक कोईराला लगायतका नेताहरु आउने नेपाली कांग्रेस रुपन्देहीका कोषाध्यक्ष दिपक क्षेत्री न्यौपानेले जानकारी दिए ।
जिल्ला सम्मेलन पुर्व काँग्रेस रुपन्देहीले वडा, नगर तथा क्षेत्रीय सम्मेलन सम्पन्न गरि सकेको छ । सम्मेलनमा सवै क्षेत्रबाट आएका सुझावहरु माथी पनि छलफल हुने सचिव रामकृष्ण खाँणले जानकारी दिए । बैठक जिल्ला सभापति अब्दुल रज्जाकको सभापत्विमा सम्पन्न भएको थियो ।