उपमहानगरपालिकाले गर्यो अनुदान सहयोगको निर्णय

प्रकाशित मिति:

बुटवल / बुटवल उपमहानगरपालिका नगर कार्यपालिका आर्थिक बिकाश समितिले कृषि अनुदान सहयोगका सन्दर्भमा बिभिन्न निर्णय गरेको छ । समितिको चैत्र २६ को निर्णय अनुसार बिभिन्न क्षेत्रहरुमा बिभिन्न व्याक्तिहरुलाई अनुदान सहयोगको निर्णय रु.११ लाख ५० हजार १७४ बराबरका ६ वटा सिंचाई बोर मर्मत, तरकारी खेतीका लागि २ लाख र जग्गा भाडामा लिई तरकारी खेती तथा पशुपालनका लागि प्रोत्साहान अनुदान र माछा पोखरी मर्मत अनुदानका लागि २ लाख ५० हजार बराबरको अनुदान सहयोगको लागि निर्णय गरेको छ । साथै नगर कार्यपालिकाको कार्यालयले अनुदान उपर केही गुनासा भए गुनासो दर्ता गराउन आग्रह गरेको छ ।

कृषि माइनुट