मोटरसाइकलले मोटरसाइकललाई नै ठक्कर दिदा एक जनाको मृत्यु

प्रकाशित मिति:

नपलपरासी । पश्चिम नवलपरासीको नदवा भन्ने स्थानमा ओभरटेक गर्ने क्रममा मोटरसाइकलले मोटरसाइकललाई नै ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी काार्यलय बर्दघाट सुस्ता पश्चिम नवलपरासीले दिएको जानकारी अनुसार समोबर दिउसो १ बजेको समयमा पुर्वपश्चिम राजमार्ग अन्र्तगत जिल्लाको सुनवल नगरपालिका वडा नम्बर ३ स्थित नदवा भन्ने स्थानमा पश्चिम बाट पुर्व जादै गरेको बा ९१ प ३१८१ नम्बरको मोटरसाकलले सोही दिशाबाट पुर्व नै जादै गरेको अर्को लु १४ प ३९५४ नम्बरको मोटरसाकललाई ओभरटेक गर्ने क्रममा ठक्कर दिएको हो । मोटरसाइकल दुर्घटनामा परि घाइते भएका लु १४ प ३९५४ नम्बरको मोटरसाकल चालक सुनवल ३ तिकिर्तिपुर बस्ने बर्ष ५० का देव प्रसाद गुरुंगलाई उपचारको लागी रुपन्देहीको देवदेह मेडिकल कलेज लगिएकोमा त्यहाँ उपचचार सम्भव नभएपछी थप उपचारको लागी लुम्बीनी सिटी अस्पताल बुटवलमा लैजादा सो अस्पतालले घाइते गुरुंगलाई मृत घोषणा गरेको हो । ठक्कर दिने मोटरसाइकल र मोटरसाइकल चालक गुल्मी घर भई काठमाण्डौ बस्ने बर्ष १९ का गोपाल घिमिरेलाई ईलाका प्रहरी कार्यालय सुनवलले आफ्नोे नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।