त्रिबेणी छोटी भंसार कार्यालयद्धारा राजश्व असुली कार्य सार्वजनिक

२ बैशाख २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
30 Shares


नबलपरासी । पुर्वी नवलपरासीको विनयी त्रिबेणी गाउपालिका अन्र्तगत रहेको त्रिबेणी छोटी भंसार कार्यालयले राजश्व असुली कार्यलाई सोमबार सार्वजनिक गरेको छ । त्रिबेणी छोटी भंसार कार्यालयले गत बर्ष २०७५ को चैत्र महिनामा मात्रै ५ लाख ७८ हजार बराबर राजश्व असुली गरेको भंसार श्रोतले बताएको छ । नवलपरासीसंग भारत जोडिएर रहेकोले सिमापार भातको विभिन्न गाउ शहरबाट नेपाल आउने चार पांग्रे सवारी साधन र मोटरासाइकललाई चेकजाच गर्दा विभिन्न कारणले सो सवारी साधानबाट उक्त राजश्व असुली कार्य गरिएको हो ।

त्रिबेणी स्थित गण्डक ब्यारेज नाकामा शसस्त्र प्रहरी बल र नेपाल प्रहरीको नियमित निगरानी, चेकजाच र छोटी भंसारको स्तर उन्नती भएयता सो भंसारबाट राजश्व असुली कार्य बढेको पनि बताइएको छ । त्रिबेणी छोटी भंसार कार्यालयमा सुब्बा स्तरको कर्मचारी नियमित बस्नुपर्ने सरकारी प्रावधान भएतापनि त्रिबेणी छोटी भंसार कार्यालय सहयोगी स्तरको कर्मचारी बाट नै राजश्व असुली कार्य हुदै आएको पाइएको छ । सिमापार भारतबाट नेपाल ल्याइने समाग्री मध्य सानो परिमाणको समाग्रीलाई सुरक्षा निकायद्धारा भंसारमा बुझाइएपनि भंसार कर्मचारीले आफुलाई भंसारको विल काठ्ने विषयमा थप आदेश नभएको शसस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट त्रिबेणीले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया