दाङ – दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष वेदप्रसाद केसीमाथि एक लाख घुस रकम मागेको आरोप लागेको छ । वडा अध्यक्ष केसीले तुलसीपुर ६ निवासी दिपा कुमारी बस्नेतको जग्गा विवाद मिलाई दिने भन्दै एक लाख रुपैयाँ माग गरेको पिडित बस्नेतले जानकारी दिइन् । तुलसीपुर ८ टिकरीको ९क० मा रहेको आफनो जग्गा भित्र अहिले अन्य व्यक्तिले जबरजस्ती घर टहरा बनाउन थालेपछि न्याय माग्न वडा अध्यक्ष सामु आफु गएको पिडित बस्नेतले तुलसीपुर खवर डटकमलाई बताईन् । उक्त स्थानमा उनको नाममा रहेको जग्गा मध्ये केहि विक्री गरेको र अहिले १५ धुर श्रेष्ता र साढे नौ कठ्ठा जग्गा सोही वडाका प्रदिप केसी
लगाएतका केहि व्यक्तिले थाहै नदिई अरुलाई विग्रि गरेको पिडित बस्नेतको भनाई छ । २०५४ साल देखी आफुले भोगचलन गदै आएको जग्गा मध्ये साढे चार कठ्ठा श्रेष्ता र ५ कठ्ठा ऐलानी जग्गा विक्री गरेर बचेको १५ धुर श्रेष्ता र साढे नौ कठ्ठा प्रति ऐलानी जग्गा अहिले अन्य व्यक्तिहरुले प्रयोग गरेको पिडितको भनाई छ । केहि व्यक्तिहरुको मिलेमतोमा सवै ऐलानी हो भन्दै आफनो श्रेष्ता जग्गा पनि विक्री भएको थाहा पाएपछि न्याय माग्न वडा अध्यक्ष कहां पुगेको उनको भनाई छ ।
सुरुमा न्याय दिलाई दिनका लागी सकारात्मक कुरा गरेका अध्यक्ष केसीले पछिल्नो समयमा एक लाख रुपैया रकम मागेको उनले बताएकी छिन् । ‘ वडामा छोरो र म गयौं । भान्जी एक लाख रुपैया दिन सक्छेउ भने । त्यत्रो एक लाख रुपैयाँ मसंग अहिले छैन । हजुरलाई व्याज कारेर भएपनि ३÷४ दिनमा कतैबाट जुटाइ दिन्छु भने,’ दिपाले भनिन ‘भनेको समयमा दिन नसकेपछि अध्यक्षले मेरो कुरा सुन्न छाडे ।’ वडा अध्यक्षले रकम मागेको समयमा आफुले पैसा दिन नसकेपछि आफु माथी फरक व्यवहार गरेको उनको भनाई छ ।
अन्य व्यक्तिसंग ठूलो रकम घुस खाएर आफनो पक्षमा न्याय दिन्न भन्दै ठोकुवा गर्ने गरेको दिपाले गुनासो गरिन् । वडाबाट न्याय पाउन नसकेपछि उपमहानगरपालिका कार्यालय, प्रहरी प्रशासन हुदै जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय सम्म पुगेको पिडितको भनाई छ । विगत लामो समय देखी न्याय माग्दै विभिन्न निकायमा गएपनि अहिले सम्म आफुले न्याय पाउन नसकेको भन्दै न्याय दिलाई दिन सम्वन्धित निकायसंग माग गरेकी छिन् । उक्त विषयमा प्रतिकृया लिनका लागि वडा नम्वर ८ का वडा अध्यक्ष बेदप्रसाद केसीको मोवाईल नम्वर ९८५७८२०१९७ मा पटक पटक सम्पर्क गरे पनि फोन नउठाउदा कुरा हुन सकेन ।