नेपाली समाज कनेटिकेट को नेपाली नयाँ बर्ष २०७६ सांस्कृतिक साँझ सम्पन्न

प्रकाशित मिति:

के पी भट्ट एप्रिल १५ कनेटिकेट अमेरिका . पूर्वी तटीय राज्य कनेटिकेट अमेरिका मा बसोबास गर्ने नेपालीहरु को साझाँ संस्था नेपाली समाज कनेटिकेट ले सधा को वर्ष जस्तै यस बर्ष पनि नेपाली नयाँ वर्ष २०७६ एप्रिल १३ गते विविध साँस्कृतिक कार्यक्रम को साथ सम्पन्न भयको संस्था ले जानकारी दियको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकार का अमेरिकाको लागि महाबाणिच्य दुत पुष्प भट्टराई एनआरएन कनेटिकेट च्यापटर सभापति घनशयाम खड्का लायन्स क्लब हाडफोड का अध्क्षय उतम लोहनी society of Nepalese in America (SNA) का अध्क्षय रामचन्न्द्र श्रेष्ठ विश्व साईकल यात्री सौरव दाहाल लोक दोहोरी गायीका पुस्तका खड्का लगायत अतिथिहरुको उपस्थिति रहेको थियो । नेपाली कला सँस्कृति भेषभुषा रितिरिवाज परम्परा आपसी मेलमिलाप चालचलन जस्ता विविध नेपाली पनहरु लाई झल्को दिने गरी संस्था ले यस्ता कार्यक्रम आयोजना गर्दै आयको संस्था का कार्यसमिति सदस्य तथा नयाँ बर्ष कार्यक्रम संयोजक भद्रा राई ले जानकारी दिनु भयो ।

संस्था का सचिब केशव शर्मा दाहाल ले संन्चालन गर्नु भयको नयाँ बर्ष कार्यक्रम मा संस्था ले बार्षिक रुप मा प्रकाशन गदै आयको संस्था को मुखपत्र कनेटिकेट चौतारी समेत विमोचन गरीयको संस्था ले जानकारी दियको छ ।साथै कार्यक्रम का सभापति एवम संस्था का अध्क्ष तेजेश विक्रम मल्ल ले संस्था को तर्फ बाट सबै नेपाली हरु मा नयाँ बर्ष को शुभ कामना व्यत गर्दै यस राज्यमा बसोबास गर्ने सबै नेपाली आमा बुवा दाजु भाई दिदि बहिनी लाई कार्यक्रम मा उपस्थिति भई कार्यक्रम सफल बनाईदिनु भयको मा सबै मा धन्यबाद व्यत गर्नु भयो ।