रणनितिक कार्यायोजना कार्यशाला

प्रकाशित मिति:

बुटवल । रोटरी क्लब अफ बुटवलको रणनितिक कार्ययोजना कार्यशाला तथा क्लबको १२५५ औ नियमित बैठक क्लब सचिवालयमा सम्पन्न भएको छ । कार्यक्रममा क्लबका निर्वतमान अध्यक्ष राजेन्द्र लम्सालले रणनितिक योजना कसरी बनाउने भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरी क्लबका मेन्टल तथा पुर्व अध्यक्ष अजयमान श्रेष्ठले रोटरी इन्टरनेश्नलको निति योजना र कार्यक्रमको विषयमा प्रशिक्षण दिएका थिए । क्लबका भाईस प्रेसिडेन्ट डा. ताराप्रसाद उपाध्याय ज्ञवालीले रोटरी इन्टरनेश्नलको कार्यदिशा अनुसार रोटरी क्बल अफ बुटवलले नेतृत्वदायी भूमिका कसरी खेल्न सक्छ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

आगामी ५ वर्षको रणनैनिक योजनाको मस्यौदा तयार गर्नको लागी रोटरीयन सोनाली गुरुङको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरिएको अध्यक्ष डा नारायण प्रसाद पन्थले जानकारी दिए । १ हप्ता भित्र प्रतिवेदन तयार गर्न कार्यदललाई समायवधी दिईएको छ । कार्यदलको प्रतिविेदनको आधारमा छलफल गरी आगामी ५ वर्षको योजना तयार गरिने अध्यक्ष डा पन्थले बताए । कार्यक्रमा रोटरीयन प्रा. डा कृष्ण शर्मा, रोटरीयन रामचन्द्र पन्थी, सचिव दया भण्डारी लगायले बोलेका थिए ।