कपिलबस्तुमा खेलाडीलाई स्वागत तथा सम्मान

प्रकाशित मिति:

कपिलबस्तु-शान्तीको सन्देश दिदैं आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ओलम्पिक टस लिएर पुर्वको मेचीदेखी पोखरा बुटवल हुँदै सोमबार आज कपिलवस्तु आएको टोलीलाइ ४ नम्बर जितपुरमा स्वागत तथा सम्मान गरिएको छ ।

नेपालगन्जमा यही बैशाख ५ गते विहिवार उद्घाटन हुने आठौ राष्टिय खेलकुदका लागि ओलम्पीक टस लिएर आएका खेलाडीलाई जिल्ला खेलकुद विकास समितिले कपिलवस्तुको ४ नम्वर जितपुरमा स्वागत तथा सम्मान गरेको हो । अन्तराष्टिय ओलम्पिक खेलमा सहभागी भई १९७३ सालमा म्यारथुन दौडमा नेपाललाई कास्य पदक दिलाउन सफल खेलाडी जितबहादुर केसी, १९८८ दक्षिण कोरियामा ओलम्पिक सहभागि डम्बर कुँवर, महिला खेलाडी मेनुका राउत, १९७६ अमेरिका ओलम्पिकमा सहभागी बिमला राना मगर लगायतका खेलाडिलाइ बाणगंगा नगरपालीका प्रमुख मंगल प्रसाद थारु, जिल्ला खेलकुद विकास समिति कपिलवस्तुका अध्यक्ष छवी रेश्मी मगर लगायतले शुभकामना सहित खादा ओढाएर विदाइ गरेका थिए ।