ओरेन्टल सहकारीका सञ्चालक बस्नेत रिहा

प्रकाशित मिति:

काठमाडौं – ओरेन्टल सहकारी, कोहिनूर हिल हाउजिङ आयुसा बिल्डर्सलगायत कम्पनी तथा संस्थाका सञ्चालक बस्नेत सोमबार रिहा भएका छन्।महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका बस्नेतलाई रिहा गर्न अदालतले सोमबार साँझ आदेश दिएको हो। प्रधानन्याधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश डम्बरबहादुर शाहीको संयक्त इजलासबाट बस्नेत जेलमुक्त भएका हुन्।

बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनलाइ छाडेको डिल्लीबजार सदरखोरले पुष्टि गरेको छ। बस्नेत गत चैत २० गते काठमाडौंको भीमसेनगोलाबाट पक्राउ परेका थिए ।