काठमाडौँ -ताण्डव न्युज साप्ताहिक र ताण्डव न्युजका सम्पादक अर्जुन गिरी रिहा भएका छन् । नेपाल पत्रकार महासंघको जिम्मामा उनलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सिआइबीले रिहा गरेको हो । सोमबार बिहान १० बजे सिआइबीको निर्देशनमा कास्की प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
समाचार लेखेकै आधारमा साइबर अपराध मुद्धा लगाएर पत्रकार गिरीलाई पक्राउ गरिएको थियो । बतास अर्गनाइजेशनका सञ्चालक बीपेन्द्रराज बतासका विरुद्ध समाचार लेखेकै आधारमा ताण्डव न्युज साप्ताहिक र ताण्डव न्युजका सम्पादक अर्जुन गिरीलाई पक्राउ गरिएको हो । नेपाल पत्रकार महासंघका महासचिब रमेश विष्टले फेसबुकमा स्टाटस लेख्दै ताण्डवका सम्पादक गिरीलाई रिहा गरिएको जानकारी गराएका हुन् ।गिरीले ताण्डवको चैत २२ गतेको अंकमा ठग बदमास वीपेन्द्रराज बतास’ शीर्षकको समाचार लेखेका थिए। सोही समाचार ताण्डवन्युज डटकममा प्रकाशित भएको थियो।