सडेन डेथमा नवयुवाको जित, जितसंगै उ सेमिफाईनल प्रवेश

प्रकाशित मिति:

नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार ठुटिपिपल कोटिहवामा जारी १८ औं लिस्नुकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पशुपति माविको मैदानमा आज भएको निकै प्रतिस्पर्धात्मक खेलमा नवयुवाले सडेन डेथको सहारामा वालिङ नगरपालिका स्याङजालाई पाखा लगाउंदै अन्तिम चारमा स्थान पक्का गरेको हो । सडेन डेथमा वालिङका विदेशी खेलाडी सोलोको पेनाल्टी प्रहार गोलपोष्ट बाहिर गएर असफल भएसंगै नवयुवाका सोयल रानाको प्रहारले जाली चुमेपछि नवयुवाको पक्षमा नतिजा आएको हो ।
यसअघि निर्धारित समयमा दुबै टिम एक–एक गोलको बराबरी खेलेका थिए भने ट्राइब्रेरकरमा पनि दुबै टिमले तीन–तीन गोल गरेका थिए । आजको खेलमा नवयुवाका सोयल राना म्यान अफ द म्याच भए । भोली अन्तिम क्वाटर फाइनल खेल डिवाईसी सियारी–१ र न्यू सिर्जना युवा क्लब करौजिया तिलोत्तमाबीच हुने आयोजक लिस्नु युवा क्लबका सचिव मनोज क्षेत्रीले जानकारी दिए । साउन २१ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले तीन लाख, उपविजेताले एक लाख ५० हजार र सेमिफाइनलमा पुग्ने दुई टिमले २५ हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा भारतको मुम्बईस्थित फुटबल क्लब दादर ११ सहित रुपन्देही,नवलपरासी,दाङ,स्याङजा र चितवनका गरी १६ टिमले भाग लिएका छन् ।