सनीको भिडियो बन्यो भाइरल

प्रकाशित मिति:

एजेन्सी – पूर्व पोनस्टार एवम् अभिनेत्री सनी लियोनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । केही दिनदेखि उनले आफ्नो इन्टाग्राममा भिडियो र फोटो सेयर गरिरहेकी छन् ।

यसै क्रममा हालै उनले एक भिडियो सेयर गरेकी छन् जुन रातारात भाइरल बनेको छ । भिडियो दक्षिण क्षेत्रको कुनै एक नाटक घरको हो । जहाँ उनको फिल्म ‘धजुराजा’ रिलिज भएको थियो । फिल्ममा सनीले निकै जबरजस्त डान्स गरेकी छन् ।

सोहि गीतमा आफूले नाटक घरमा डान्स गरेको भिडियो सनीले राखेकी हुन् । जहाँ उनको डान्स हेरेर मानिसहरु आफूलाई सम्हाल्न नसकिरहेको देखिन्छ । उनीहररू उफ्रीउफ्री नाचिरहेको देखिन्छ । भिडियो सेयर गर्दै उनले लेखेकी छन्, ‘मेरो गीतमा फ्यानको यस्तो रेस्पोन्सका लागि प्रेम ।’

javascript:;