आठौं राष्ट्रिय खेलकुद : कपिलवस्तुमा महिला फुटवल खेल हुने

प्रकाशित मिति:

वाणगंगा । आठौं राष्ट्रिय खेलकुद अन्तर्रगत कपिलवस्तुमा कुस्ती खेल सम्पन्न भैसकेको छ । फाल्गुण २७ गते देखि सुरु भएको कुस्ती खेल २९ गते सकिएको हो । कुस्ती सकिए संगै कपिलवस्तुमा महिला फुटवल खेल आयोजना हुँदै छ । वाणगंगामा अवस्थित बुद्धरंगशालामा बुधबार देखि महिला फुटवल हुन लागेको हो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष छविरेश्मी मगरले बुधबार विहान हुने उद्घाटनसत्रको तयारी पुरा भएको बताउनुभयो ।

५ दिन सम्म कपिलवस्तुमा सञ्चालन हुने खेलमा ५ टिमको सहभागीता रहेको छ । पहिलो खेल बुधबार विहान ७.३० बजे हुने कार्यतालिका छ । जसमा प्रदेश नं. ४ र प्रदेश नं. ६ बीच हुने छ । यसैगरी अपराह्न ४ बजे नै दोस्रो खेलमा प्रदेश नं. १ र विना सशस्त्र प्रहरीको एपिएफ भिड्नेछ । खेल लिगकम नकआउटको आधारमा खेलाइने अखिल नेपाल फुटवल संघले जनाएको छ । खेलका लागि सबै खेलाडी जिल्लामा आईसकेको अध्यक्ष रेश्मीले बताउनुभयो । खेल हुने स्थान बुद्धरंगशालामा आवश्यक तयारी गरिसकेको उहाँले बताउनुभयो । फुटवल खेल्नका लागि मैदानलाई व्यवस्थापन गरिसकिएको उहाँको भनाई छ । कपिलवस्तुमा ५ खेल हुने छन् । जसमा प्रदेश नं. १, प्रदेश नं. ४, प्रदेश नं. ६, त्रिभुवन आर्मी क्लब र एपिएफ बीचको खेल हुने छ । समुह चरणको पहिलो खेल कपिलवस्तुमा भएपनि दोस्रो चरणको खेल बुधबार नै दाङमा हुँदै छ ।