कांग्रेस सियारीमा शुभकामना आदान प्रदान

प्रकाशित मिति:

रुपन्देही-नयाँ बर्ष २०७६ को उपलक्ष्यमा नेपाली कांग्रेस सियारी गाँउपालीका रुपन्देहीले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । कार्यक्रमलाई सम्वोधन गर्दै पुर्व सांसद एवं कांग्रेस महासमीती सदस्य इस्तियाक अहमद खानले २०७५ सालको अनुभवलाई सिकाईको रुपमा लिदै यो बर्ष त्यसलाई अवसरमा बदलेर अगाडी बढ्नु पर्ने बताए ।

बिगतका बर्षमा पार्टी भित्र देखीएका असन्तुष्टिलाई निराकरण गरी यो बर्ष एकताबद्ध रुपमा अगाडी बढ्न सके कांग्रेसका भावी दिन सुनौला रहेको उनले बताए । उनले यो बर्षलाई कांग्रेसले बडा देखी केन्द्रसम्म सगंठन बिस्तार र सुढ्डीकरणको बर्षमा लिनु पर्ने धारणा राखे । उनले बर्तामान सरकारले अनावश्यक रुपमा कर बढाएर जनताको डाढ सेकेको र त्यसरी उठाईएको कर बिकास निमार्णमा नभई भ्रष्टाचार र सुविधा भोगमा खर्च हुनु दुःखद भएको टिप्पणी गरे । केन्द्र, प्रदेस र स्थीनिय तहले गरीरहेको भ्रष्टाचार नियन्त्रणकोलागी जनता चनाखो हुनु पर्ने उनको भनाई थियो । त्यस्तै महासमीती सदस्य भगवती चौधरीले नेकपाले नतृत्व गरेका स्थानीय तहदेखी केन्द्र सरकासम्म रिकुंस ढगंले अगाडी बढेको दावी गर्दै यसरीनै सरकार अगाडी बढे गाँउदेखीनै आन्दोलन सुरु हुने बताए ।

नन्दलाल थारुको सभापतित्व, मुस्लिम सघंका केन्द्रीय सचिव मोहमद सफीकको सचांलन तथा रिता चौधरीको स्वागतमा सम्पन्न कार्यक्रममा महासमीती सदस्य देवी प्रसाद चौधरी, पुर्व महासमीती सदस्य हरीध्वज मल्ल, क्षेत्र नं ३ का क्षेत्रीय सभापति प्रेम फौजदार, महाधिवेसन प्रतिनीधीहरु भरथरी यादव, थानेस्वर घिमीरे, जिल्ला सदस्य विस्व बहादुर बानीया, तरुणदल सियारीका अध्यक्ष कमल पराजुली, पश्चिम अमुवा गाँउ समीती सभापति गंगाराम यादव, सुर्यनारायण यादव, क्षेत्र नं ३ का क्षेत्रीय सहसचिव गोपाल पाण्डे लगायतले बोलेका थिए