प्रदेश ५ लाइ छिट्टै अपाङ मैत्री प्रदेश बनाइने मन्त्री बरालको दाबि

प्रकाशित मिति:

बुटवल -प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले प्रदेश ५ लाइ छिट्टै अपाङ मैत्री प्रदेश बनाइने दाबि गरेका छन् । यस्का लागि सबैले हातेमालो गर्नुपर्ने उनको धारणा छ ।राष्ट्रिय अपाङ्ग महासंघको आठौं महाधिबेशनमा प्रदेश ५ भित्रबाट निर्बाचित कार्यसमितिलाइ बधाइ तथा शुभकामना आदानप्रदान कार्यक्रमलाइ सम्बोधन गर्दै मन्त्री बरालले हरेक अपाङता भएका व्याक्तिहरुमा फरक प्रकृतिको क्षमता हुने बताए ।

उनले राज्यले उनीहरुको विशेष क्षमतालाई पहिचान गरी क्षमताको उचित कदर र उचित अवसर प्रदान गर्नेमा ढुक्क हुन समेत आग्रह गरे । उनले हजारौ चुनौतिकाको सामान गर्दै व्याक्ति सफल हुने भन्दै उक्त सफलताको पाटोमा अपांगता भएका व्याक्तिहरुको क्षमता साच्चैनै अनुकरणीय भएको बताएका थिए ।अपाङता भएका व्याक्तिहरुको हक अधिकार प्रदान गर्ने विषय लगायत उनीहरुको राज्यले प्रदान गर्ने सेवा सुविधा, रोजगारीका अवसरहरुमा प्राथमिकता दिने उनले बताए ।प्रदेश सरकार अपाङ मैत्री कानुन निर्माणको क्रममा रहेको भन्दै उनले कानुन कार्यान्वयन संगै अपाङ मैत्री प्रदेश ‘प्रदेश नम्बर ५’ घोषणा गरिने समेत बताए ।सो अबसरमा सैनामैना नगर उपमेयर बिना राना, राष्ट्रिय अपाङ महासंघका केन्द्रिय अध्यक्ष मित्रलाल शमा, प्रदेश ५ अध्यक्ष देवीदत्त आचार्यर्, ,प्रदेश उपाध्यक्ष शारदा भट्टराई, सचिव हुमनाथ अधिकारी, सुस्त मनस्थित बाल बिद्या मन्दिरका संचालक लोकनाथ भुसाल,नेत्रहिन संघका महासचिब शिबिर खनाल, लगायतले बोलेका थिए ।

अधिबेशनबाट अध्यक्षमा निर्बाचित मित्रलाल शर्मा,सचिबमा भाबुकजंग थापा र सदस्यहरुमा मिना भुसाल पाठक,सन्तोष पन्त,चिन्तामणि पौडेल,कृष्ण गौतम,पिताम्बर लम्साल,रामरतन हरिजनलाइ सम्मान गरिएको थियो । सो कार्यक्रमको सहआयोजकमा सुस्तमनस्थिती बाल बिद्या मन्दिर रुपन्देही रहेको थियो ।