अर्घाखाची ढिकुराको दुर्गा काली मन्दिरमा मा सराये नाच नचाईयो

प्रकाशित मिति:

अर्घाखाची -हिन्दूहरुको महान पर्व चतै दशैमा नाचिने सराये नाच द्धादशीकोे दिन भुमिकास्थान नगरपालिकाको ढिकुरामा रहेको जय दुर्गा काली मन्दिरमा नाचिएको छ । तरबार खुडा र हतियारहरु लिएर पञ्चेबाजाको तालमा नाचिने यस नाचमा देबीहरुको प्रतीकहरु आलमलाई समेत लिएर नाच्ने गरिन्छ ।

तरबार खुडा र हतियार प्रदर्शन सहित नाचिने यो नाचले देबी खुसी हुने बिस्वास रहेको जयकाली मन्दिर ब्यबस्थापन समिति ढिकुरा चरेपानीका अध्यक्ष हुमाकान्त पौडेलले बताए । सराये नाच अर्घाखाँचीको मौलीक नाच हो । यस नाचमा महिला र पुरुषहरु हातमा तरवार खुडा आदि लिएर वाखै भाइ हो भन्दै सराये नाच्ने गर्दछन । बर्षे दशै अर्थात बडा दशैमा जिल्लाका अधिकांस मन्दिरहरुमा नाचिने सराये नाच चैते दशैमा पनि केहि ठाउमा नाचिने जयकाली मन्दिर ब्यबस्थापन समितका सचिव खिमबहादुर खासुले बताए । कहिले देखि सराये नाच्न सुरु गरियो भन्ने कसैले बताउन नसके पनि सयौ बर्ष देखि देवीलाइ खुसी पार्न नाच्न थालिएको हो ।

बडा दशैमा अर्घा, सन्धिखर्क, खाँची, नुवाकोट, ठाडा, लगायतका देबीका मन्दिर तथा शक्ति पिठहरुमा यो नाच नाच्ने गरिन्छ भने चैते दशैमा चरेपानी सहित गौचौर , अर्घातोष र सेंगलेंगको मन्दिरमा नाच्ने गरिन्छ । सराये नाच अर्घाखाँची आसपासका जिल्लामा बढि प्रचलित छ । देबीले महिसासुर र शुम्भको बध गरेको खुसीयालीमा नाच्न थालिएको ढिकुराकी स्थानीय बृद्ध महिला धनकला गैरेले बताइन । सबै जातजाती,एक आपसमा मिलिे खुडा तरबार , तथा हतियार नचाउदै नाचिने यो नाच जिल्लाको मौलिक नाच हो र यस नाचको प्रचार प्रसार गर्न जरुरी छ ।