भूपू सैनिक बहुउद्धेश्य द्धारा रक्तदान

प्रकाशित मिति:

तिलोत्तमा नगरपालिकाको वडा नम्वर १ डाइरभरटोल स्थित भू।पू। सैनिक बहुउद्धेश्य सहकारी सस्थाले आज सस्थाको कार्यालयमा रक्तदान कार्यक्रम गरेको छ ।
स्थानीय क्षेत्रमा रक्तदानको महत्व जानकारी गराउन र रगत अभाव हुन नदिन आयोजना गरीएको कार्यक्रममा ४० युनिट रगत संकलन भएको सहकारीका व्यवस्थापक शंकर खडकाले जानकारी दिनुभयो ।
कर्यक्रम संयोजक क्याप्टेन हरी बहादुर क्षेत्रीको सभापतित्वमा भएको कार्यक्रमका सहभागि रक्तदाताहरुलाई सहकारीका अध्यक्ष क्याप्टेन उत्तर बहादुर बनियाले प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।