भोलि बिहानसम्म हावाहुरीसहित पानी पर्ने

प्रकाशित मिति:

काठमाडौँ – पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले बिहीबार बिहानसम्मै धेरै ठाउँको मौसम बदली भएर हुरीबतास र चट्याङसहित पानी पर्ने संभावना रहेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उपत्यकासहित मध्य र पश्चिम तराईको मौसम अहिले सफा छ । अन्य ठाउँको मौसम बदली भई केही ठाउँमा पानी परिरहेको महाशाखाले जनाएको छ ।

केही ठाउँमा असिना पनि पर्न सक्छ भने उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात पनि हुने मौसमविदको अनुमान छ । बिहीबारदेखि भने मौसममा केही सुधार हुने महाशाखाले जनाएको छ । तर पूर्ण रुपमा सफा हुन भने अझै केहि दिन लाग्ने बताइएको छ ।